arrow

काठमाडौंमा भारी असिना पानी

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
asina-pani.jpeg

काठमाडौं । एकाएक मौसम बदली भएपछि काठमाडौँमा भारी असिना पानी परेको छ । असिना पानी परेपछि कामबाट घर फर्किने कामकाजीहरु समस्यामा परे भने सवारी आवागमनमा पनि असर पुग्यो । हावाको गतिसँग भएको असिनाले कतिपय ठाउँमा झ्यालका सीसा फुटेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले तीन दिनअघि शुक्रबार हल्का वर्षा हुने बताएको थियो । अहिले पूवानुमान महाशाखाले तीन दिनसम्मको मात्रै मौसम पूवानुमान गर्ने गरेको छ।

यस्तै, प्रि मनुसुन अवधि सुरु भइसकेकाले स्थानीय सिस्टमका कारण दिउँसो बादल लाग्ने र अपरान्हमा बदली हुने भएकाले दिउँसो राम्ररी घाम लाग्न सकेको छैन। मौसमविद्हरुका अनुसार चैतको पहिलो साता पश्चिमी वायूको प्रभावले देशभरि वर्षा र हिमपात भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ