arrow

राष्ट्रपति भण्डारी वैशाख ४ मा भारत जाने

logo
प्रकाशित २०७३ चैत १२ शनिबार
Bidhya-bhandari-parmanikarn.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्केको एक सातापछि राष्ट्रपति विद्यादेवी भण्डारी अर्को छिमेकी मुलुक भारत भ्रमणमा जाने भएकी छन् । राष्ट्रपति भण्डारी बैशाख ४ गते भारत भ्रमणमा जाने तिथि तय भएको छ । उनले बैशाख ५ मा नया दिल्लीमा उच्चस्तरको भेटवार्ता गर्ने गरि भ्रमण तय भएको जानकारी परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो । उनको भ्रमण तालिका केही दिनमा सार्वजनिक गरिनेछ । यसअघि चैतको दोस्रो साता त्यसतर्फ जाने तयारी भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ब्यस्तता र भारतीय राजदूत पनि नभएका कारणले उनको भ्रमण दुई साता पछि सरेको हो । 
 
‘अहिले सम्मको तयारीअनुसार राष्ट्रपछि बैशाख ४ मा भारत जाने र त्यहाको भ्रमण तालिका तय हुदा चार या पाच दिन बस्ने कार्यतालिका बन्दैछ,’ परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो, ‘दिल्ली बैशाख चार मा पुग्ने । पाँचमा भेटघाट गर्ने र ६ गते बनारस हिन्दु विश्वविद्यालयको कार्यक्रममा सहभागि हुने गरि तालिका तय भए पनि अन्य स्थान कहा जाने भन्ने विषय अझै टुंगो लाग्न बाकी छ ।’ प्रस्तावित मिति अनुरुप उनको पहिलो भारत भ्रमण पाँच वा ५ दिने हुनेछ ।  राष्ट्रपतिको भारत भ्रमणको क्रममा सामान्य खालका दुईपक्षीय समझदारीहरु समेत हुनेगरि काम अघि बढेको छ । ‘ड्रग ट्राफिकिङ’ नियमन गर्ने विषयमा दुई पक्षीय सहमति र साना विकास परियोजना सहयोग सम्वन्धी सम्झौताहरुमा छलफल भइरहेको भ्रमणको तयारीमा संलग्न एक अधिकारीले बताए । 
 
भण्डारीको पहिलो विदेश भ्रमणको तयारीमा सरकार जुटेको तीन महिनापछि भ्रमण तय भएको राष्ट्रपति कार्यालयका अधिकारीहरु बताउछन् । करिव एक बर्ष अघि भ्रमणको सबै तयारी पुरा भए पनि अन्तिम समयमा स्थगित भएको थियो । त्यसपछि बनेको सरकारले भ्रमणको तिथी तय गर्न खोजे पनि सम्भव भएको थिएन । गत वैशाख २७ देखि हुनेगरी उक्त भ्रमण तय गरिएको ५ दिने औपचारिक भारत भ्रमण अन्तिम समयमा राजनीतिक कारण देखाउदै केपी ओली नेतृत्व सरकारले भ्रमण रद्द भएको जानकारी दिएको थियो । 
 
राष्टपति मुखर्जीको विशेष निमन्त्रणमा त्यसतर्फ जान लागेकी भण्डारी भ्रमणको क्रममा भारतीय समकक्षी मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, परराष्टमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह लगायतसंग भेटवार्ता गर्ने छिन । उनको यो भ्रमण राजकिय हुने अधिकारीहरुले बताएका छन । मुखर्जीको कार्यकाल जुलाई अन्तिममा सकिदै छ । उनी राष्ट्रपति गेष्ट हाउसमा रहनेछन भने उनको सम्मानमा रात्री र दिवा भोज दिइने छ । उनको भ्रमणबारे राष्ट्रपति कार्यालय अझै बोलेको छैन । भ्रमणको तयारी सरकारले गर्ने हो सरकारले केही गर्दै होला राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । यसअघि तय भ्रमणमा भने राष्ट्रपति स्यमले बैशाख २२ मा आफ्नो भ्रमणको तयारी पुरा भएको तर भ्रमणको तालिका मन्त्रीपरिषदले तय गर्ने बताएकी थिइन ।(कान्तिपुर) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ