arrow

पर्यटन विकासका लागि छिमेकी देशका पर्यटक महत्वपूर्णः पर्यटन मन्त्री पोखरेल

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
आनन्दप्रसाद-पोखरेल.jpg.jpeg
काठमाडौ,। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालको पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुक भारत र चीनबाट आउने पर्यटक महत्वपूर्ण भएको बताएका हुन् । नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक महासङ्घको १० औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपालमा छिमेकी मुलुकबाट बढी पर्यटक आउने भएकाले उनीहरुलाई थप प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने बताए । 
 
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक गोविन्दबहादुर कार्कीले नेपालमा अन्तर्राष्ट्रियस्तरका पर्वतारोही पथपर्दशकको सङ्ख्या न्यून भएकाले यसलाई बढाउनुपर्ने  बताए । महासङ्घका अध्यक्ष दोर्जे लामा, नेपाल पर्वतारोही सङ्घका अध्यक्ष थाङछिरिङ शेर्पागायतले नेपालको पर्यटकीय क्षेत्रमा गर्नुपर्ने कार्यका बारेमा बोलेका थियो । 
 
कार्यक्रममा पर्यटन पत्रकार हरिराज जोशीलाई रु ३० हजार १२५ सहित सम्मान तथा पर्यटन पत्रकार राजु सिलवाल, देवी पन्तलगायत विभिन्न क्षेत्रका व्यक्तिलाई पर्यटन क्षेत्रमा गरेको योगदानस्वरुप सम्मान गरिएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ