arrow

भोजपुरमा भेटियो द्वन्द्वकालका दर्जनौँ हातहतियार

logo
प्रकाशित २०७३ चैत १२ शनिबार
bhojpur.jpeg
भोजपुर । उत्तरी साल्पासिलिछो गाउँपालिका–५ दोभानेको मार्तेलमा दर्जनौँ हातहतियार र विस्फोटक पदार्थ फेला पारेको छ । टुइन्च मोटार, टियर ग्यास, भेरी लाइट, सकेट बम, कटुवा पेस्तोल, ग्रिनेट, एसएलआरको गोलीलगायत विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 
 
स्थानीयवासी आङगेलु शेर्पाको पुरानो घरमा भतिजा काजीले सरसफाइ गर्ने क्रममा बाकसमा हातहतियार फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए । फेला पारिएका हातहतियार प्रहरी चौकी दोभानेको सुरक्षामा राखिएको छ । 
 
नेपाली सेनाको पूर्वी पृतना इटहरीबाट डिस्पोजल टोली घटनास्थलमा खटिएको जनाइएको छ । ती हतियार द्वन्द्वकालमा राखिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ