arrow

रौतहटको स्वास्थ्य शिविर अव तीन दिन मात्र हुने

logo
प्रकाशित २०७३ चैत १२ शनिबार
sibir-melas.jpeg
रौतहट। स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटको गौरमा भईरहेको निःशुल्क साताव्यापी सघन स्वास्थ्य शिविर अहिले सम्म ४ हजार २ सय ४९ जनालाई स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको ७७ जनाको शल्यक्रिया गरिएको छ ।  शुक्रबार मात्रै ४०३ जना पुरुष र ४२४ जना महिला गरी ८२७ जनालाई स्वास्थ्य परिक्षण गरि निःशुल्क औषधी पनि वितरण गरिएको नेपाली सेनाका महासेनानी दिपक अधिकारीले बताए । उनका अनुसार हिजो २५ जनाको शल्यक्रिया गरिएको छ ।  
 
सुरुमा विहान ९ बजेदेखि बेलुका पाँच बजे सम्म मात्रै शिविर संचालन गर्ने भनिएपनि अत्याधिक भिड भएपछि विहान ७ बजेदेखि बेलुका ५ बजे सम्म स्वास्थ्य परिक्षण गरिएको छ भने शल्यक्रिया बेलुकी १० बजे सम्म पनि हुने गरेको अधिकारीले बताए । शिविरमा एक दर्जन भन्दा बढी जिल्लाका बासिन्दा र केही भारतीय नागरिकहरु समेत आएका छन् । 
 
 
आगामी १४ गते सोमबार सम्म हुने शिविरमा स्वास्थ्य मन्त्रालय र नेपाली सेनाका गरी ३० जना चिकित्सक सहित एक सय भन्दा बढी स्वास्थ्यकर्मीहरु खटिएका छन् । स्वास्थ्य शिविरमा मोवाइल हस्पीटल मार्फत् ५० बेड क्षमताको अस्पतालले दिने सुविधा दिइएको छ भने विभिन्न सरकारी अस्पतालका श्रोतसाधनहरुको पनि प्रयोग गरिएको छ ।
 
गत ८ गते देखि सुरु भएको निशुल्क सघन स्वास्थ्य शिबिरमा पाठेघरको समस्या, हाइडोशील, हर्निया, फिस्टुला, बासिर, भगन्दर लगायतका रोगहरुको शल्यक्रिया मार्फत् उपचार सेवा दिइएको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापा र रक्षा मन्त्री बालकृष्ण खाण हिजो शिविरस्थलमा पुगेर अवलोकन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ