arrow

भुक्तानी रोकिदा बिकास निर्माणका काम ठप्प

झण्डै ६ सय योजना प्रभावित

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ चैत १२ शनिबार
road-construction-nepal_384d.jpg.jpeg
 बझाङ। जिल्लाका गाँउ पालिका तथा जिल्ला समन्वय समिती कार्यान्वयमा आए पनि  ति संरचनाहरुको खाता सन्चालन नहुदा जिल्लाका बिकास निर्माणका काम ठप्प भएका छन् ।  जिल्ला बिकास समिती र गाँउ बिकास समति बिघटन गरि गाँउ पालिका र जिल्ला समन्वय समिती  कार्यान्यनमा  संगै गत आर्थिक बर्षमा बिनियोजन गरेका  बिकास निर्माणका कामहरुको भुक्तानी प्रकृया रोकिदा जिल्लाका बिकास निर्माणका काम अलपत्र परेका हुन् । 
 
गएको फागुन २७ गते देखि स्थानिय निकायहरुको बिघटन गरि स्थानिय तह बनाए संगै खाता सन्चालन नगरि भुक्तानी समेत रोकेको थियो । भुक्तानी प्रकृया रोकेको झण्डै दुई साता बिति सक्दा पनि स्थानिय तहमा खाता सञ्चालन नगर्दा जिल्लाको करोडौका बिकास निर्माणका कामहरुको निर्माण कार्य प्रभावित भएको छ । भुक्तानी लिनका लागी बारम्बार जिल्ला समन्बय समिती र गाँउ पालिकामा पुगेका स्थानिय  उपभोक्ताहरु अन्तत रित्तो हात घर फर्कने गरेका छन् ।
 
 ‘दिनहु जिल्ला समन्वय समितीमा पुग्ने गरेको छु ,चैनपुरका स्थानिय निरन जोशीले भने‘तर समन्वय समितीको नाममा हाल सम्म पनि खाता सञ्चालन नगरेको भन्दै रित्तो हात फर्काइन्छ’ ।  यसरी लामो समय देखि खाता सञ्चालन नहुदा जिल्लाका छ सय भन्दा बढी योजनाहरु प्रभावित भएका छन् । एक नगर पालिका सहित ४२ गाबिस रहेको यस जिल्लामा दुई नगर कार्यपालिका र दश गाँउपालिकामा बिभाजन भए पछि गाँउ पालिका , वडा पालिका , नगरकार्यपालिका र जिल्ला समन्वय समितीको नाममा हाल सम्म पनि खाता सञ्चालन हुन सकेको छैन् । असार मसान्तमा योजना फच्यूट गर्नु पर्ने चटारो संगै यसरी लामो समय सम्म निर्माण कार्य रोकिदा यसले बिकास निर्माण प्रकृयामा ठूलो धक्का दिने संकेत देखिएको छ । 
 
बारम्बार योजनाको भुक्तानी लिन जिल्ला समन्वय समति पुग्ने गरेका छु गाँउ पालिकामा पनि उस्तै हो छान्नाका स्थानिय शिद्घराज खड्काले भने भयो गाँउ पालिका र जिल्ला समन्वय समतिको खाता तुरुन्तै खोली भुक्तानी दिनु पर्छ । वहाँले थप्नु भयो निर्माण कार्यमा लगाईएका कामदारहरु पैसा माग्ने गरेको तर आफुले भुक्तानी दिन नसक्दा काम छोडेरै भागेका छन् ।  साबिकको जिल्ला बिकास समिती र साबिकै गाबिसहरुले सम्झौता गरि निर्माण सुरु गरेका आर्थिक अभाबका कारण अस्तब्यत छन् । 
 
केही योजनामा अधुरो काम भएका छन् भने अधिकाशं योजनाको सम्झौता मात्र भएर कामको सुरुवात समेत गर्न सकेका छैनन् । निमित्त स्थानिय बिकास अधिकारी जगत प्रसाद जोशीले भने‘खाता सन्चालन गर्ने भन्ने बारे मन्त्रालायको परिपत्र नभएका कारण खाता सन्चालन हुन सकेको छैन्’ ।  वहाँले भन्नु भयो ‘खाता सन्चालन नहुदा जिल्लाका ७५ प्रतिसत योजनाको सम्झौता समेत भई पहिलो किस्ता सम्म समेत निकासा हुन नसक्दा बिकास निर्माणका कामहरु प्रभावित भएका छन्’ । 
 
गाँउ पालिका ,नगर कार्य पालिका र समन्वय समिती कार्यान्वयमा आएपनि यसको प्रतक्ष मार भने गाँउको बिकासमा परेको छ । बिषेस गरि दैनिक ज्याला तथा मजदुरी गरि खाने बर्गलाई यसको मार परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ