arrow

मधेशमा बढ्यो काँग्रेस मोह, विभिन्न पार्टीका ५ सय बढी कार्यकर्ता भित्रिए काँग्रेसमा

logo
जय प्रकाश यादव,
प्रकाशित २०७३ चैत १२ शनिबार
enter-in-nepali-congress-rautahat.jpeg
रौतहट । रौतहटमा निर्वाचनको माहोलसँगै नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नेको लहर पनि चुलिन थालेको छ । शनिबार नेपाली काँग्रेस रौतहटको क्षेत्र नम्वर २ स्थित बसन्तपटी गाविसको रमनगरा गाउँमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा विभिन्न पार्टीका कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् । 
 
कार्यक्रमलार्इ पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद आफताव आलमले सम्बोधन गरेका थिए । कार्यक्रममा उनले मधेशी जनताहरुलाई समान अधिकार नदिएसम्म मुलुकमा शान्ति स्थापना हुन नसक्ने बताए । 
 
अन्तरिम संविधानमा मधेशीले पाएको अधिकार समेत अहिलेको संविधानबाट खोसिदा नेपाली काँग्रेस संशोधनको प्रस्तावलाई पारित गरी मधशी जनतालाई अधिकार सम्पन्न बनाएर स्थानीय तहको निर्वाचनमा जान दृढ संकल्पित रहेको चर्चा गर्दै नेता आलमले समाजबाद, लोकतन्त्रमाथि आस्था र विश्वास गर्ने काँग्रेस कुनैपनि जनता माथि भएको विभेदलाई अन्त्य गर्न तत्पर रहेको बताए ।
 
मुलुकलाई अस्थिरतामा ल्याउने एमाले अध्यक्ष केपी ओलीको हठबादी तथा गैर मधेशी चरित्रका कारण मुलुकमा ठूलो संकट खडा भएको आरोप लगाउदै पार्टीगत स्वार्थ भन्दा माथि उठेर मुलुकमा शान्ति, सुव्यवस्था कायम हुने वातावरण तयार गर्न एमाले सक्रिय भुमिका निर्वाह गर्नुपर्नेमा स्थानीय तहको निर्वाचन भाँड्नमा लागिपरेको बताए ।
 
विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको करिव ५ सय जना युवाहरुलाई नेता आलमले माला लगाएर पार्टीमा स्वागत गरेको महासमिति सदस्य शेख वकिलले बताए । यसरी प्रवेश गर्नेहरुमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु बढी रहेको वकिलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ