arrow

एमाले दूनियाँकै अराजक पार्टी : शेखर कोइराला

logo
प्रकाशित २०७३ चैत १२ शनिबार
shekahar-koirala-at-lalitpur.jpeg
ललितपुर । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले एमाले दूनियाँकै अराजक र अप्रजातान्त्रिक पार्टी भएको बताएका छन् । काँग्रेस ललितपुर क्षेत्र नं-२ को क्षेत्रिय सम्मेलनको शनिबार उदघाटन गर्दै कोइरालाले एमालेकै कारण मूलूकमा समस्या निम्तिएको बताए । एमाले जन्मनूभन्दा अगाडी देखी काँग्रेसले राष्ट्रियता र प्रजातन्त्रको लागी लडिरहेको भन्दै कोइरालाले काँग्रेसलाई राष्ट्रियताको पाठ सिकाउँने नैतिकता एमालेसँग नरहेको बताए ।
 
 उनले नक्कली राष्ट्रबादको नारा लिएर मेची-महाकाली यात्राका नाममा एमालेले निर्वाचन बिथोल्न लागेको आरोप लगाए । कोइरालाले भने -" सूदूरपश्चिम पुगेर हाम्रा सभापती शेरबहादूरजीलाई तथानाम गाली गर्ने केपी ओलीजीको हो?" उनले मधेसी मोर्चाको सहमती बिना गरिने निर्बाचनले मूलूकलाई बिखण्डनमा लैजाने समेत बताए ।
 
 कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य किरण यादव,सांसदहरू चन्द्र महर्जन,उदयशमशेर राणा,पूर्व सांसद रामक्रृष्ण चित्रकार लगायतले आफ्नो मन्तब्य राखेका थिए ।प्रजातन्त्र सेनानीहरूलाई सम्मान समेत गरिएको सो कार्यक्रममा एमाले परित्याग गरी ३ दर्जन ब्यक्तीहरू काँग्रेस प्रवेश गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ