arrow

विश्व विजेता जर्मनी र पोल्याण्डको युरोकप यात्रा तय

logo
हाम्रा कुरा
प्रकाशित २०७६ वैशाख २५ बुधबार
704156462.jpeg

एजेन्सी । विश्व विजेता जर्मनी अर्को वर्ष फ्रान्समा हुने युरोकप फुटबलका लागि छानिएको छ । आइतबार राति भएको समूह ‘डी’ को खेलमा जर्जियालाई २–१ हराएको जर्मनी समूह विजेता बन्दै युरोकपका लागि छनोट भयो ।

जर्मनीलाई विजयी गराउन ५०औं मिनेटमा थोमस मुलरले पेनाल्टी सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए । उनले गोल गरेको तीन मिनेटपछि जर्जियाका जाबा कानकाभाले जवाफी गोल फर्काए । ७९ औं मिनेटमा म्याक्स क्रुजले गोल गर्दै जर्मनीलाई विजयी गराए ।

यसैबीच, समूह ‘डी’बाट पोल्याण्डले उपविजेता बन्दै युरोकपमा स्थान सुरक्षित गरेको छ । पोल्याण्डले रिपब्लिक अफ आयरल्याण्डलाई २–१ ले हराउँदै युरोकप यात्रा तय गरेको हो । पोल्याण्डलाई विजयी गराउन रोबर्ट लेवान्डोस्की र गर्जेगोर्ज क्रेचोवियाकले एक–एक गोल गरे ।

रिपब्लिक अफ आयरल्याण्डका लागि जोनाथन वाल्टर्सले एक गोल फर्काए । २४ टोली सहभागि हुने प्रतियोगिताका लागि १६ टोली छनोट भइसकेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ