arrow

ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण

logo
प्रकाशित २०७३ चैत १२ शनिबार
Taplejung-hamrakura.jpeg
ताप्लेजुङ। वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन समन्वय समितिको बैठकले सो मतदान केन्द्रको टुङ्गो लगाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिए । विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भन्दा यो पटक आठवटा मतदान केन्द्र थप गरिएको छ । 
 
जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकारीकाअनुसार, फुङ्लिङ नगरपालिकामा मात्र पाँचवटा केन्द्र थप गरिएका छन् । थप भएका मतदान केन्द्रमध्ये महेन्द्र आधारभूत विद्यालय आम्बोटे, याङ्लिजुङ आधारभूत विद्यालय तारिबुङ, सामुदायिक भवन र कभर्ड हल रहेका छन् । त्यस्तै गङ्गा आधारभूत विद्यालय साँघु, सगरमाथा प्रावि खोक्लिङ र ठोट्ने आधारभूत विद्यालय ढुङ्गेसाँघुमा पनि मतदानस्थल रहनेगरी सिफारिस गरिएको अधिकारीले जानकारी दिए । 
 
समितिले तीनवटा केन्द्र भने परिवर्तन गरेको छ । नेरा आधारभूत विद्यालय चाँगेलाई चाँगे माविमा, मदनस्मृति प्रावि ढुङ्गेसाँघुलाई जनकल्याण माविमा र शिवालय प्रावि दोखुलाई सिद्धकाली माविमा परिवर्तन गरिएको उनले बताए । 
 
गाउँपालिकाको प्रत्येक वडामा एउटा अनिवार्य र एक हजार बढी मतदाता रहेको गाउँमा दुईवटा केन्द्र राख्न सकिने प्रावधान छ । त्यस्तै मतदातालाई पाँच किमीभन्दा टाढा नपर्ने गरी केन्द्र निर्धारण गर्नुपर्ने व्यवस्था रहेको प्रमुख अधिकारीले बताए । “तर भैगोलिक क्षेत्र विकट र ठूलो भएको ठाउँमा केन्द्र निर्धारण गर्दा वडामा एक हजारभन्दा कम जनसङ्ख्या भए पनि केन्द्र राख्ने प्रावधान रहेको उनले बताए ।” रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ