arrow

मतदाताको नामावली अद्यावधिक हुँदै, ०७० को नामावलीले झुक्कायाे

logo
प्रकाशित २०७३ चैत १२ शनिबार
election_local4.jpeg
काठमाडाै‌ । के तपाईको नाम निर्वाचन आयोगको वेभसाईटमा नाम छैन भनेर चिन्तित हुनुहुन्छ ? यदि हुनुहुन्छ भने चिन्ता नलिनुहोस् । तपाईले अहिले निर्वाचन आयोगको वेभसाईटमा प्रकाशित भएको मतदाता नामावलीमा नाम नभएपनि फोटो सहितको मतदाता नामावलीमा आफ्नो विवरण भर्नुभएको छ भने तपाईँले निर्वाचनमा मत हाल्न पाउनुहुनेछ । आयोगले अहिले वेभसाईटमा राखेको विवरण २०७० सालको निर्वाचनको लागि रहेको र सो पछि मतदाता नामावली भरेकाहरुको नामावली प्रकाशित हुन बाँकी नै रहेको भन्दै सो विषयमा भ्रम नपाल्न आयोगले आग्रह गरेको छ । 
 
आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले शनिबार एक विज्ञप्ती जारी गर्दै मतदाता नामावालीलाई लिएर भ्रममा नपर्न आग्रह गरेका हुन् । प्रवक्ता शर्माले निर्वाचन आयोगको वेभसाइटमा संविधानसभा निर्वाचन २०७० को मतदाता नामावली रहेको जानकारी दिए। 
 
२०७० सालको संविधानसभाको निर्वाचनपछि निर्वाचन आयोगले लगातार रुपमा मतदाता नामावली दर्ता कार्यक्रम सञ्चालन गरिरहेको र सो कार्यक्रम २०७३ फागुन ९ गतेसम्म जारी रहेको अवगत नै छ । मतदाता दर्ताको कार्यक्रम ७५ वटै जिल्लाका निर्वाचन कार्यालयहरु, जिल्ला प्रशासन कार्यालयहरु, इलाका प्रशासन कार्यालयहरु तथा विभिन्न एकीकृत घुम्ती शिविरमा सञ्चालन गरेको थियो । साथै २०७३ कात्तिक २६ गतेबाट माघ मसान्तसम्म दुई चरणमा गरी प्रत्येक गाविसको केन्द्र तथा नगरपालिकाको प्रत्येक वडामा मतदाता दर्ता गर्नका लागि टोली खटाई मतदाता नामावली दर्ता गर्ने विशेष कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । विज्ञप्तीमा भनिएको छ । 
 
आयोगले स्थानीय तहको निर्वाचन २०७४ बैशाख ३१ गते हुने भनी नेपाल सरकारले निर्वाचनको मिति घोषणा गरेको दिन २०७३ फागुन ९ गतेबाट मतदाता दर्ता गर्ने कार्य तथा नामसारी गर्ने कार्य कानुन अनुसार निर्वाचन सम्पन्न नभएसम्मका लागि रोकिएको भन्दै आगामी २०७४ बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि उपरोक्त विभिन्न स्थानमा सञ्चालित विभिन्न कार्यक्रमबाट सङ्कलन भएका मतदाताहरुको नाम, ठेगाना हालको स्थानीय तह अनुसारको नयाँ ठेगाना अनुसार अद्यावधिक गर्ने, साना तिना त्रुटी हटाउने, दोहोरो नाम हटाउनेलगायत मतदाता नामावली परिष्कृत गर्ने कार्य आयोगमा हाल पनि सञ्चालन भइरहेको जनाएको छ। आयोगबाट परिष्कृत भएपछि तयार हुने अन्तिम नामावली आयोगको वेभसाइटमा राखिने र सो सूचीमा नाम नभएकाहरुले मात्रै स्थानीय निर्वाचनमा मतदान गर्न नपाउने आयोगले जनाएको छ । 
 
यस्तो गलत सूचना प्रकाशित नगर्न आमसञ्चार माध्यमलार्इ आयोगले आग्रह नगर्न पनि आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ