arrow

राप्रपाको क्षेत्रीय अध्यक्ष नै काँग्रेसमा भित्रिए, विभिन्न पार्टीका ७ सय ५६ काँग्रेसमा प्रवेश

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ चैत १२ शनिबार
makawanpur_congress.jpeg
हेटौंडा । नेपाली काँग्रेस मकवानपुर शनिबार भएको जिल्ला भेलामा विभिन्न पार्टी परित्याग गरी विशिष्ट व्यक्तिहरुसहित ७ सय ५६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । राप्रपाका केन्द्रीय पार्षद एवं ६३ सालदेखि ७३ सालसम्म निरन्तर राप्रपाका १ नम्बरका क्षेत्रीय अध्यक्ष रहनुभएका सुर्यराज बानियाँ, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी पूर्व जिल्ला सभापति ललितादेवि बानियाँ, बसामाडी जेसिजका पूर्व अध्यक्ष एवं निर्माण व्यवसायी संघका पूर्व महासचिव अभय श्रेष्ठ, तमलोपाका पूर्व जिल्ला अध्यक्ष सुनिल अधिकारी, रमेश कार्की, पूर्व गाविस सचिव मिठाराम दाहाल, जनक पाठकलगायत ७ सय ५६ जना एमाले, एमाओवादी, राप्रपालगायतका पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
 
कार्यक्रमका प्रमूख अथिति नेपाली काँग्रेसका महामन्त्री एवं सांसद शशांक कोइरालाले आगामी स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन लाग्न आग्रह गरे । नेपाली काँग्रेसमा गुटउपगुट भएको हल्ला निराधार रहेको बताउँदै प्रमूख अथिति डा. कोइरालाले कम्युनिष्टलगायतका अन्य पार्टीहरुले पनि विपिको सिद्धान्त अंगिकार गर्दै हिडेकोले हामी चाँही बोल्न डराउन नहुने बताए।
 
प्रमूख अथिति डा. कोइरालाले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधान टोकरीमा फल्ने अवस्था आउन दिने कि कार्यान्वयनमा ल्याउने हाम्रो जनताको हातमा रहेको बताउँदै हरेक विकास निर्माण, स्वास्थ्य, शिक्षा, सडक खोनपानीलगायतमा काँग्रेसको मात्र हात रहेको बताए।
 
त्यस्तै काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले काँग्रेस पार्टी देशमै पहिलो पार्टी रहेको र अव हुने स्थानीय तहको निर्वाचनमा पनि पहिलो बनाउन सम्पूर्ण नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए। केन्द्रीय सदस्य शर्माले कम्युनिष्टका नेता मदन भण्डारीलेसमेत खुलेर प्रशंसा गर्ने विपिको पार्टीका हामी जनताका माझमा आफूले गरेको विकास निर्माणका कुराहरुलाई प्रष्टरुपमा लैजान आग्रह गरेका छन्।
 
मान्छेलाई रोटी खाएर सुत हैन सोच भन्नुपर्ने बताउँदै शर्माले काँग्रेस उग्रतामा हैन विनम्रता लाग्ने पार्टी भएकाले यो कुरा कम्युनिष्टहरुले पनि काँग्रेसबाट सिक्नुपर्ने बताए। शर्माले एमालेको उग्रताका कारण झापा घटना घटेको र माओवादीको उग्रताले रोल्पा र रुकुममा घटना घटेको भएपनि अन्यमा काँग्रेसको सिद्धान्त लोकतन्त्रमा दुवै पार्टी आएको बताए ।
 
त्यस्तै शर्माले एमालेले मेचीमहाकाली अभियान गर्नु नाजायज नभएपनि तराईका राजनीतिक दलहरुले आन्दोलन चर्काइरहेका बेला बार्ताबाट समस्या समाधान गर्नुको साटो तराईमा बलेको आगोमा घिउँ थप्ने काम गरेको बताए।
 
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं सांसद महालक्ष्मी उपाध्याय डिनाले कम्युनिष्टहरुले प्रधानमन्त्री कार्यालयमा आफ्ना फोटो झुण्ड्याउनेबाहेक अन्य कुनै काम नगरेको बताउनुभयो । केन्द्रीय सदस्य डिनाले स्थानीय तहको निर्वाचनबाट केन्द्रमा भएको शक्ति अब आम व्यक्तिमा आईपुग्ने बताउँदै काँग्रेस पार्टीसंग विकास र समृद्धि जोडिएकाले यसको प्रचार जनतासम्म पु¥याउन नेता तथा कार्यकर्तालाई आग्रह गरिन्।
 
त्यस्तै नेपाली काँग्रेस मकवानपुर सभापति तथा नेपाल सरकारका गृहराज्य मन्त्री ईन्द्रबहादुर बानियाँले आफूलाई सांसद जिताएपछि मकवानपुर जिल्ला धेरै विकास निर्माणका कार्यक्रम गरेको बताएका छन्। सभापति तथा राज्यमन्त्री बानियाँले राप्रपा र कम्युनिष्टहरुले ५४ वर्षसम्म लगातार जित्दा पनि जिल्लाको केही विकास नगरेको र आफूले सांसद जितेसंगै कान्तिलोकपथमा ३ अर्व र धरान चतरामा १ अर्ब ८० करोड पार्न सफल भएको बताए ।
 
अन्य पार्टी शासक हो भने काँग्रेस सेवक हो भन्दै राज्यमन्त्री बानियाँले काँग्रेसले जनतालाई जहिल्यै केन्द्रविन्दु बनाएर राजनीति गर्दै जनताको आवश्यक्तालाई प्राथमिकतामा राख्ने गरेको विगतको इतिहास र अहिले पनि त्यस्तै गर्ने गरेको बताए । आफूले जिल्लाबाट ५४ वर्षपछि चुनाव जितेर गएपछि कहिल्यैपनि जिल्ला, पार्टी र जनताको शिर गिर्ने काम नगरेकाले स्थानीय तहको निर्वाचनमा हामीले गरेका विकास निर्माणका कामको प्रचार गर्न आग्रह गरे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ