arrow

'चुनावमा सबैको सहभागिता आवश्यक'

logo
प्रकाशित २०७३ चैत १२ शनिबार
kamal-thapa-new-aa.jpg.jpeg
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष एवम् उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले सम्पुर्ण नेपालीहरुको बैशाख ३१ मा हुने स्थानीय तहको चुनाबमा सहभागिता अत्यावश्यक रहेको बताएका छन । राप्रपा मकवानपुरले मन्त्री थापाको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई शनिबार हेटौडामा संबोधन गर्दै उनले यसो बताएका हुन ।
 
मन्त्री थापाले २० वर्ष पछि हुन लागेको स्थानीय तहको चुनावले स्थानीय सरकारको निर्माण गर्ने भएकोले यस चुनावमा सबै  नेपाली तथा राजनैतिक दलहरुको सहभागिता अत्यावश्यक रहेको बताएका हुन् ।  स्थानीय चुनावमा कुनै पनि दल अलग हुनु नमिल्ने  भन्दै  थापाले राप्रपा मधेसी दललाई वार्तामा ल्याएर चुनावमा सहभागी गराउने पक्षमा रहेको समेत बताए । 
 
कार्यक्रममा राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपाका सह–महामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्य दिपक सिंह, पूर्वकेन्द्रीय सदस्य मधु अधिकारी र सांसद गणेश थापा लगायतको सहभागीता रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ