arrow

एमालेका नेता र माओवादीका कमाण्डर सहित को को आए काँग्रेसमा ?

डेढ सय अनुमान गरेकोमा २३५ ले गरे प्रवेश

logo
प्रकाशित २०७३ चैत १२ शनिबार
party-prabesh-bara-congress.jpeg
बारा । स्थानिय तहको चुनाव नजिकिदै गर्दा स्थानियस्तरमा राजनीतिक गतिविधीहरु ह्वात्तै वढेका छन् । विशेषगरि प्रदेश नम्वर २ मा राजनीतिक गतिविधी कम हुने आशंका विपरित राजनीतिक गतिविधीहरु बढेका छन् । तराई मधेश केन्द्रीत राजनीतिक दलहरु आयोगको कार्यालयमा दल दर्तादेखि स्थानिय नेता कार्यकर्ताहरु माझ पुग्न थालेपछि चुनावी माहौल बन्दै गएको छ । यद्यपी अझै पनि ग्रामिण बस्तीमा चुनावको चर्चा छैन । चुनावी चटारो नेताहरु र कार्यकर्तालाई लागेपनि मतदाता माझ अझै पनि चुनावको मिति कहिले भन्ने पनि थाहा हुन सकेको छैन् । 
 
चुनावको मिति मात्र हैन चुनावको सन्देश लिएर स्थानिय मतदाताको घरघरमा पुर्‍याउने प्रयासमा आफूहरु लागिपरेको नेपाली काँग्रेस जीतपुर सिमरा उपमहानगरपालिकाका अध्यक्ष श्यामबाबु गुप्ताले बताए । गुप्ताले अध्यक्ष रहेको समितिको वडा नम्वर १ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा आएका मतदाताहरुले अब चुनाव घरघरमा प्रवेश पायो भन्ने संकेत गरेको उनले बताए । उनको भनाइलाई पुष्टी गर्नेगरि त्यहाँ महिला तथा यूवा युवतीहरु पार्टी प्रवेश कार्यक्रममा सहभागि थिए । गृहिणी महिलाहरु नेपाली काँग्रेसमा प्रवेश गरि काँग्रेसलाई बलियो बनाउन आएको बताइरहँदा मञ्चमा रहेकाहरु नवप्रवेशीहरुलाई टीका र माला लगाइदिन भ्याइनभ्याइमा थिए । 
 
विभिन्न पार्टीका करिव डेढ सय नेता कार्यकर्ता आउने भनेकोमा कार्यक्रम सकिदा सम्म २सय ३५ जनाले काँग्रेस पार्टी प्रवेश गरेको गुप्ताले बताए । नेपाली काँग्रेसका नेता फरमुल्लाह मन्सर, नेता शोभाकर पराजुली लगायतका नेता कार्यकर्ताहरुले नवप्रवेशीहरुलाई माला र टीका लगाएर पार्टी प्रवेश गराएका थिए। 
 
काँग्रेस प्रवेश गर्नेहरुमा उदय बहादुर श्रेष्ठ, चोलेन्द्र कटुवाल,‍ गोविन्द पाण्डे, शान्तिदेवी लामा, शोभा प्रधान, विशाल श्रेष्ठ, हरि श्रेष्ठ, कल्पराज आले, सरबन प्रधान, शोभा लामा, ध्रुव कुमार लामा, कमल श्रेष्ठ , पप्पु शाह कलवार लगायत २ सय ३५ जना रहेका छन् । एमालेमा २० बर्ष क्रियासिल रहेका महिला नेतृ देखि माओवादीका कमाण्डर समेत रहेका पप्पु साह कलवार समेत काँग्रेसमा आएका थिए । राप्रपाका कार्यकर्तादेखि भर्खरै गठन भएको नयाँ शक्तिका कार्कयर्ता समेत काँग्रेसमा आएका थिए । पार्टी प्रवेश कार्यक्रममा काँग्रेसका नेता कार्यकर्ताहरुले स्थानिय तहमा नेपाली काँग्रेसलाई ठूलो दलको रुपमा पुर्‍याउने प्रतिबद्धता जनाएका थिए । 
 
Image may contain: one or more people



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ