arrow

विश्वकप छनोटमा फ्रान्स र स्वीडेन खुशी, नेदरल्याण्डस निराश

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
France-lexamberg.jpeg
काठमाडौं । विश्वकप छनोट फुटबलको युरोपियन क्षेत्र अन्तर्गत समूह ए को खेलमा फ्रान्स र स्वीडेन विजयी भएका छन् । फ्रान्सले लजेम्बर्गलाई उसकै मैदानमा ३–१ ले हरायो । फ्रान्सका लागि ओलिभियर जिरुले दुई गोल गरे भने एन्टोइन ग्रिजम्यानले एक गोल गरे ।
 
घरमै निराश बनेको लग्जेम्बर्गका जोआचिमले पेनाल्टीमा एक गोल फर्काए ।
 
समूहको अर्को खेलमा स्वीडेनले बेलारुसलाई ४–० ले हरायो । ३० हजार घरेलु दर्शकमाझ स्वीडेनलाई जिताउन इमिल फोर्सबर्गले दुई तथा मार्कस बर्ग र आइज्याक थेलिनले एक एक गोल गर्न सफल भए ।
 
समूह ए को खेलमा नेदरल्याण्डसलाई भने निराशा हात लागेको छ । नेदरल्याण्डस बुल्गेरियासंग २–० ले पराजित भयो । दुबै गोल स्पास डेलेभले गरे ।
 
यो खेलसंगै पाँचौं चरणको समाप्तिसम्म फ्रान्स १३ अंकसहित शीर्ष स्थानमा छ । १० अंकसहित स्वीडेन दोस्रो तथा ९ अंकको बुल्गेरिया तेस्रो स्थानमा छ ।
 
नेदरल्याडसको ७ तथा बेलारुसको २ अंक छ । 
Olivier Giroud celebrates after scoring his second goal and sealing the win for France
Atletico Madrid striker Antoine Griezmann converts from the spot to put France two goals up
Olivier Giroud celebrates with Djibril Sidibe after scoring the opening goal of the game
Youngster Kylian Mbappe earned his first cap when he replaced Dimitri Payet late in the match
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ