arrow

विश्वकप छनोट फुटबलमा बेल्जियम र ग्रीसले बाँडे अंक

ग्रीसका दुई खेलाडीलाई रातो कार्ड

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
belgium-lukaku.jpeg
काठमाडौं । विश्वकप छनोट फुटबलको युरोपेली क्षेत्र अन्तर्गत समूह एच को खेलमा बेल्जियम र ग्रीसले अंक बाँडेका छन् । बेल्जियमको मैदान कोनिङ बोउडेविन्सटाडियोनमा भएको खेलमा ४६ औं मिनेटमा ग्रीसका मिट्रोग्लुसले गोल गरे । 
 
६५ औं मिनेटमा टाचसिडिसले दोहोरो पहेंलो कार्ड पाउँदा ग्रीस १० जनामा समेटियो । खेलको ८९ औं मिनेटमा मात्र रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई बराबरी गोल दिलाए ।
 
इन्जुरी समयमा जाभेलासले दोहोरो पहेंलो कार्ड खाँदा ग्रीस ९ जनामा मात्र घटेन अबका खेलमा भने समस्या उब्जिएको छ ।
 
यो समूहको अर्को खेलमा बोस्निया हर्जगोविनाले जिब्राल्टारलाई ५–० ले हरायो । साइप्रस र इस्टोनियाले भने गोलरहित बराबरी खेले । 
 
पाँचौं चरणको समाप्तिसम्म बेल्जियम १३ अंकसहित शीर्ष स्थानमा छ भने ११ अंकको ग्रीस दोस्रो स्थानमा छ ।
 
१० अंकबाट बोस्निया तेस्रो तथा ४–४ अंकका साइप्रस र इस्टोनिया चौथो र पाँचौं स्थानमा छन् । जिब्राल्टारले अंकको खाता खोल्न सकेको छैन । 
Romelu Lukaku struck late to rescue a 1-1 World Cup qualifying draw for depleted Belgium
Greece grabbed a shock lead in the 46th minute through striker Konstantinos Mitroglou
Konstantinos Mitroglou raced clear of the defence and calmly fired the ball into the net
Greece celebrates after Mitroglou had put them ahead in the second half against Belgium
Marouane Fellaini's cheeky flick was turned over the bar by the Greece goalkeeper
Belgium struggled to break down the visitors in the first-half on Saturday
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ