arrow

एमाले अध्यक्ष ओलीको संरक्षणमा भूमाफिया, ज्यापु समुदाय विरोधमा उत्रिदै

बिहान १० बजे तीनकुनेमा भेला

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
kp-oli.jpeg
काठमाडौं । नेकपा एमाले भूमाफियाको संरक्षणमा उत्रिएको भन्दै ज्यापु समुदाय विरोधमा उत्रिने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भूमाफिया जोगाउन भूमिका खेलेकाले त्यसको विरोधमा ज्यापु समुदाय उत्रन लागेको हो ।
 
काठमाडौंको शंखमुलमा प्रतिजग्गा मिचेर घर बनाउनेको विरोध गरेको भनेर त्यहाँका स्थानीयलाई केपी ओलीको ठाडो आदेशमा प्रहरी चौकीमा लगिएको हो । स्थानीय रविन्द्र महर्जनले भने, ‘भूमाफियाको विरोध गर्दा पनि कसैले थुन्न लिएर जान्छ ?’ 
 
स्थानीयलाई शनिबार दिउँसो लिएर तीनकुने प्रहरी वृत्तमा राखिएकामा राति ११ बजे घर छाडिएको थियो । फेरि आइतबार बिहानै उनीहरुलाई पक्राउ गरी तीनकुने नै राखिएको छ । 
 
यसको विरोधमा अहिले बिहान १० बजे ज्यापु समाज, स्थानीयसहित तीनकुनेमा भेला भई ओली प्रवृत्तिको भण्डाफोर गर्ने कार्यक्रम रहेको महर्जनलले हाम्राकुरालाई बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ