arrow

कञ्चनपुर सीमाका घाइतेलाई काठमाडौं ल्याइयो, सरकारले उपचार गर्दै

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
tikaram-chapagai-kanchanpur-sima.jpeg
काठमाडौं । दुई साताअघि नेपालको सीमाको रक्षा गर्ने क्रममा भारतीय सुरक्षाकर्मी एसएसबीको कुटाइबाट गम्भीर घाइते भएका नेपालीको उपचारमा बल्ल लामो समयपछि सरकारले चासो देखाएको छ । घाइतेहरुको उपचारमा सरकारले बेवास्ता गरेपछि हाम्राकुराले निरन्तर यसबारे समाचार बनाएको थियो ।
 
गृहमन्त्री विमलेन्द्र निधि लामो समयपछि कञ्चनपुरको पुनर्वास गइ घाइतेहरुलाई काठमाडौं लिएर आएका छन् । आफै गएको हेलिकप्टरमा ल्याई शिक्षण अस्पताल महाराजगञ्जमा उनीहरुको उपचार भइरहेको छ । उपचारको सबै खर्च सरकारले व्यहोर्ने जनाइएको छ । 
 
यसअघि एसएसबीको कुटाईबाट गम्भीर भएका टीकाराम चापागाई अस्पतालमै थिए । उनी शरीरका अधिकांश अंग चलाउन पनि नसक्ने गरी शिथिल भएका थिए । उपचार खर्च नभएपछि परिवारले उनलाई त्यत्तिकै राख्यो । 
 
त्यसो त सोही लडाईंमा ज्यान गुमाएका गोविन्द गौतमलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुनु अनि उनका परिवारलाई सरकारले राहत उपलब्ध गराउँदा पनि ज्यूँदो लासजस्तो बनेर अस्पतालमा ढलेका चापागाइँलाई बेवास्ता गरिएको भनी हाम्राकुराले नै समाचार बनाएको थियो । 
 
प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले विवरण नपाएका कारण उनको उपचार खर्च सरकारले बेहोर्न नसकेको बताएका थिए । हाम्राकुरामा समाचार आईसकेपछि खनालले स्थानीय पुनर्वास नगरपालिकाका कार्यकारी निर्देशक शेरबहादुर बुढालाई उनको उपचारका लागि जम्मा १० हजार रुपैयाँ मात्र उपलब्ध गराउनको लागि निर्देशन दिईएको थियो । 
 
नेपाली बस्तीमा भारतीय नागरिकसहित पसेर आतंक मच्चाउँदै गरेका एसएसबीका विरुद्ध नेपाली जनताले दुई हप्ताअघि बिहीबार गरेको प्रतिकारका क्रममा भारतीय प्रहरीको गोली प्रहारबाट गोबिन्द गौतमको ज्यान गएको थियो भने चापागाईँ गम्भीर घाइते भएका थिए । 
 
सरकारले सप्तरी लगायत देशका विभिन्न स्थानमा नेपाली प्रहरीको गोली लागि घाईते भएकाहरुलाई उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोरिरहँदा सीमा रक्षाको लागि लड्न गएकाहरुलाई भने सरकारले उदासिनता देखाउनुले आम नेपालीहरुको मनोवल गिराउने भन्दा केही काम नगरेको स्थानीयको आरोप छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ