arrow

६ वर्ष अघि एसएसबीले मारेका शाहलाई १० लाख दिन निधि विराटनगर जाँदै

सोमबारदेखि नै विराटनगरमा क्षेत्रीय सुरक्षा भेला

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
nidhi.jpeg
काठमाडौं । ६ बर्षअघि भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर मारिएका मोरङ जिल्लाको अमाही बरियातीका वासुदेब शाहको परिवारलाई सरकारका तर्फबाट रु. १० लाख क्षतिपूर्ति दिइने भएको छ । सोमबार हुने पूर्बाञ्चल क्षेत्रीय सुरक्षा बैठकपछि गृहमन्त्री निधिले शाहका परिवारलाई भोलि बिराटनगरमा क्षतिपूर्ति बापतको चेक हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
 
२०६७ जेठ ११ गते एसएसबीको गोली प्रहारबाट शाहको हत्या भएपछि जिल्ला सुरक्षा समितिको २०६७ जेठ १३ गते बसेको बैठकले क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा सिफारिस गरेको थियो । 
 
त्यस्तै, आगामी स्थानीय निकायको निर्बाचन सुरक्षा योजना र त्यसको कार्यान्वय सम्बन्धमा सोमबार बिराटनगरमा पूर्बाञ्चल क्षेत्रीय सुरक्षा बैठक बस्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले क्षेत्रीय सुरक्षा नियकाका प्रमुखहरुलाई निर्बाचन सुरक्षाका सम्बन्धमा निर्देशन दिने कार्यक्रम रहेको छ । बैठकमा पूर्बाञ्चल क्षेत्रको सुरक्षा अबस्थाका बारेमा छलफल हुनेछ । 
 
यसैबीच, गृहमन्त्री निधिले सप्तरी घटनाको स्थलगत निरीक्षणका लागि त्यसतर्फ जाने तयारी मिलाउन गृहसचिब लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन् । तयारी पूरा भएपछि केही दिनभित्रै घटनास्थल पुगेर गृहमन्त्री निधिले सप्तरी घटनामा मारिएका पाँच जनाका परिबारलाई रु. १० लाखका दरले राहत बितरण गर्नुहुने कार्यक्रम छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ