arrow

चीन पुगेका परराष्ट्रमन्त्री महतले ‘वान बेल्ट वान रोड’बारे के भने ?

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
prakash-sharan-mahat.jpg.jpeg

काठमाडौं । परराष्ट्रमन्त्री प्रकाशशरण महतले चीनको ओबिओर (वान बेल्ट वान रोड, ओबोर) आयोजनाबाट नेपाल बढी भन्दा बढी लाभ लिन चाहिरहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण टोलीसँगै रहेका परराष्ट्रमन्त्री महतले बेइजिङमा रहेको बेइजिङ फरेन इस्टडी युनिभर्सिटीले आइतबार गरेको कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।

उनले भने, ‘नेपाल एक भूपरिवेष्ठित देश हो र चीनको यो बृहत आयोजनाले नेपालजस्तो छिमेकीलाई चीनहुदै अर्काे संसारमा जोड्न र हाम्रो उत्पादनको निर्यातमा समेत सघाउने हुदा यसबाट हामी लाभान्वित हुन चाहन्छौँ ।’ छिमेकी देश चीनले थालेको यो बृहत सञ्जालका माध्यमबाट हामी पनि नेपाली उत्पादनलाई एसिया र युरोपेली बजारमा लैजानुका साथै हाम्रो देशको बहुआयामिकतालाई विश्वमा परिचित गराउन सफल हुनेछौँ भन्ने हाम्रो विश्वास छ, मन्त्री महतले भनेका छन् ।

सडक सञ्जालको माध्यमबाट नेपाललाई पनि चीन तथा अन्य अन्य विश्वसँग जोड्न सकेमा विकासका प्रचुर सम्भावना भएको नेपालका लागि ठूलो सौभाग्य हुने भन्दै मन्त्री महतले चीनलाई नेपालको पूर्वाधार विकासको क्षेत्रमा सघाउन आग्रह गरे । मन्त्री महतले भने,  नेपाल गरिब होइन र भूगोलमा सानो पनि छैन, हामीसँग विकासका प्रचुर सम्भावना छन् तर पनि पूर्वाधार क्षेत्रमा आवश्यक विकास हुन नसक्दा हाम्रो ठूलो श्रमशक्ति बाहिरिएको छ र वैदेशिक लगानी पनि अपेक्षित आउन सकिरहेको छैन ।
नेपालमा पूर्वाधार निर्माणका साथै पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा लगानीका लागि उहाँले चीनसँग आग्रह पनि गरे ।  

हामीसँग प्रचुर मात्रामा जल, प्राकृतिक सम्पदा, जडिबुटी, बनस्पति तथा विश्वप्रसिद्ध चित्ताकर्षक हिमाल पहाडहरु भए पनि पूर्वाधारको कमीका कारण यो सम्पत्तिबाट हामी लाभान्वित हुन सकेका छैनौँ भने अर्कातर्फ बर्षेनी हाम्रो श्रम बजार बाहिरिएको छ, उनले भने ।

मन्त्री महतले एक असल छिमेकीको हैसियतले चीनले नेपालको बृहत्तर विकासमा गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । उनले सदियौंअघिदेखि जनताको तहबाट सुरु भएको नेपाल चीन सम्बन्ध हाल पनि सुमधुर रहेको स्मरणगर्दै नेपाल एक चीन नीतिप्रति अडिग रहेको प्रतिबद्धता जनाए ।  

सो सेन्टरमा विभिन्न वक्ताहरुले नेपाल चीन सम्बन्धका विभिन्न पक्षमा चर्चा गरेका थिए । प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री महतसँग आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका सदस्य सङ ताओले भेटवार्ता गरेका मन्त्री महतका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ