arrow

काभ्रेको जनमुक्ति पार्टी फोरममा गाभियो, एमाले नेतृ फोरममा प्रवेश

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
sanghiya-samajbadi-forum.jpeg
काभ्रे। सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाली क्रान्तिको मौलिक सिद्धान्त सङ्घीय समाजवाद देशैभरी लोकप्रिय बन्दै गएको बताएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीको काभ्रे जिल्ला समिति सङ्घीय समाजवादी फोरममा समाहित भएको अवसरमा बनेपा नगरपालिकास्थित नासिकास्थानमा आयाजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने ’संसफो, नेपाल र यसले लिएको सिद्धान्त सङ्घीय समाजवाद सिंहदरवार हल्लाउने नेपाली क्रान्तिको सिद्धान्त बनिसकेको छ । सुनौलो अक्षरले इतिहास लेखिएको भए पनि वर्तमानमा केही गर्न नसकेका पार्टीहरू हिङ नभएको टालो जस्तै भएकाले ढिलो चाँडो पहिचान पक्षधर सबै पार्टीहरू संसफो, नेपालमा समाहित हुनेछन् । राष्ट्रिय जनमुक्ति पार्टी, काभ्रेको यो निर्णयले देश विदेश सबै ठाउँमा एकताको लहर ल्याउने छ ।’ 
 
काभ्रे क्षेत्र नं ३ का अध्यक्ष कमल तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टीका सहअध्यक्ष श्रेष्ठले पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरूलाई स्वागत गर्दै जन आन्दोलनको बलबाट प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरू समाप्त गर्न एमाले लगायतका यथास्थितिवादी र प्रतिगामी पार्टीहरू लागि परेको भन्दै आन्दोलनका उपलब्धीहरू बचाउन पुनः सडकमा उत्रन बाध्य भएको बताए । 
 
सङ्घीयताको मूल्य र मान्यता विपरीत एकात्मकतावादी सोच राखेर जवर्जस्ती घोषणा गरिएको स्थानीय निर्वाचनको विरुद्ध सङ्घीय गठबन्धनले घोषणा गरेको जनअवज्ञा तथा असहयोग आन्दोलन सफल पार्न आग्रह गर्दै उनले भने ’यस आन्दोलनले सङ्घीय व्यवस्थामा प्रदेशको क्षेत्राधिकारभित्र पर्ने स्थानीय निर्वाचन केन्द्रले नै गर्ने सरकारी निर्णयको हर तरहले अवज्ञा गर्ने, असहयोग गर्ने र हुन नदिन जन परिचालन गर्ने काम गरिने छ । यो आन्दोलन सबै उत्पीडित समुदायको संयुक्त राष्ट्रिय आन्दोलन हो । यस आन्दोलनमा पहिचान सहितको सङ्घीयता प्राप्तिका लागि भारतमा स्वतन्त्रता सङ्ग्रामपछि तामिलनाडुले खेलेको जस्तै भूमिका मधेसले खेली रहेको छ । थारुहरू पनि जुर्मुराउन थाली सकेको छ । अव अरु आदिवासी जनजाति, खस, शिल्पीहरू पनि उठ्नु पर्दछ । वर्गीय उत्पीडनमा परेकाहरू पनि उठ्नु पर्दछ । उत्पीडित जातिहरू र वर्गहरू एक साथ उठे क्रान्ति आवश्यम्भावी छ, यसलाई कसैले रोकेर रोकिन्न ।’
 
काभ्रे जिल्ला सदस्य राजेन्द्र खड्गीले उद्घोषण र तेन सिं लामाले स्वागत गरेको उक्त कार्यक्रमका अन्य अतिथिहरुमा केन्द्रीय सदस्य तथा पार्टीका काभ्रे इञ्चार्ज उत्तम लामा, बैकल्पिक के।सदस्य सिंह ब।तामाङ, ताम्सालिङ प्रदेश समिति उपाध्यक्ष आशमान तामाङ, जिल्ला अध्यक्ष तथा ताम्सालिङ प्रदेश समितिका कोषाध्यक्ष सिद्धि ब।जोशी, सयुफो, नेपालको केन्दीय सचिव धन बहादुर तामाङ, जिल्ला सचिव रहर सिं तामाङ लगायतले पनि वर्तमान जनअवज्ञा तथा असहयोग आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गर्नुका साथै पार्टीमा समाहित भएकाहरूलाई स्वागत, बधाई एवम् उत्पीडित समुदायको मुक्ति र समानताको आान्दोलनमा निरन्तर लागी रहन सकोस भन्ने शुभ कामना दिए । 
 
पार्टीमा समाहित भएकाहरूको तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीको जिल्ला अध्यक्ष वीर वहादुर तामाङ र उपाध्यक्ष चेत वहादुर विश्वकर्माले राष्ट्रिय जनमुक्ति पार्टीको नेतृत्व एकीकरणको पक्षमा नभएको र परिवर्तित परिस्थितिमा पार्टीलाई नयाँ ढङ्गले अगाडी बढाउन पनि नसकेको हुँदा नेपाली जनताको हीतका खातिर सङ्घीय समाजवादी सिद्धान्तलाई आत्मसात गरी पार्टीमा एकीकृत भएको बताउनुका साथै देशैभरीका पहिचान र सङ्घीयताका पक्षधर नेता कार्यकर्ताहरूलाई ससफो, नेपालको झण्डामुनी गोलबन्द हुन आह्वान गरे । 
 
अत्यन्त उत्साहका साथ भएको पार्टी प्रवेश तथा ३ नं निर्वाचन क्षेत्र समान्वय समिति पुनर्गठन कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको राम्रो उपस्थिति रहेको थियो । उक्त भेलामा राष्ट्रिय जनमुक्ति पार्टी काभ्रे जिल्लाका अध्यक्ष वीर ब। तामाङ, उपाध्यक्ष चेत ब। बिक, सचिव , कोषाध्यक्ष काली तामाङ लगायत सम्पूर्ण जिल्ला समिति ससफो, नेपालमा समाहित भएका छन् भने नेकपा ९एमाले०का नेतृ वसन्ती राणा मगर पनि संसफो, नेपालमा प्रवेश गरेका छन् । 
 
भेलाबाट अध्यक्षमा कमल तामाङ, उपाध्यक्षमा हरि प्रजापति, कोषाध्यक्षमा वसन्ती राणा मगर, सचिवमा गणेश तामाङ लगायत १५ सदस्यीय ३ नं। क्षेत्रीय समन्वय समिति पनि गठन गरिएको छ । सो कार्यक्रममा प्रमुख अतिथीबाट निर्वाचित समितिलाई सपथ ग्रहण गराउनुका साथै नव प्रवेशीहरुलाई खादा लगाई स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ