arrow

चुनावको मुखैमा खुमबहादुरले पार्टीभित्र किन ‘हिन्दु राष्ट्र’को बहस गराउन खोजे ?

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
khum-bahadur-khadka-new-pp.jpeg

काठमाडौं । काँंग्रेस नेता खुमबहादुर खड्काले नेपाल हिन्दू राष्ट्र बन्ने पर्ने विषय  जनमत संग्रहबाट टुङ्गो लगाइयोस् भन्दै आइतबार पार्टी केन्द्रीय समिति बैठकमा  लिखित कार्यसूची दर्ता गराएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेता खड्काले नेपाललाई बहुसंख्यक जनताको भावना र प्रजातान्त्रिक प्रक्रियालाई उपेक्षा गरी धर्म निरपेक्ष तुल्याइँदा काँग्रेसको केन्द्रीय समितिमा सामान्य छलफलसमेत नभएको भन्दै छलफलका लागि विषय प्रस्तुत गर्न माग गरे ।

लामो सयम नेपाल ‘हिन्दु राष्ट्र’ हुनु पर्ने भन्दै अभियान नै चलाएका खुमबहादुरले काँग्रेसको १३औँ महाधिवशेन अघि नै यो मुद्दालाई पार्टीभित्र बहस गराउने बताएका थिए । पार्टीभित्र आफ्नो स्थान खोजिरहेका खड्काले बिचमा गतिविधि रोकेका थिए । उनले हाम्राकुरालाई भनेका थिए, ‘उपयुक्त समय आएपछि हिन्दु राष्ट्रबारे पार्टी केन्द्रीय समितिमै बहस गराइन्छ । हिन्दु राष्ट्रको मुद्दाबाट पछि हटिदैन ।’ खड्का खुलेरै लागिरहेका छन् भने, महामन्त्री शशांक कोइरालाले हिन्दुबारे वक्तव्य दिँदै आएका छन् ।

खुमबहादुर एक्लैले कार्यसूची राखेका हुन् कि सल्लाहमा ?
खुमबहादुर खड्काको अति निकट मानिने नेता एवं वर्तमान वन मन्त्री शंकर भण्डारीले खड्का एक्लैले कार्यसूची पेश नगरेको र आफुहरु सबैले बसेर छलफल गरेपछि पेश भएको बताएका छन् । उनले हाम्राकुरासँग भने, ‘काँग्रेस नेपाली जनताको चाहाना अनुसार अघि बढ्नु पर्छ भन्दै हामीले हिन्दु राष्ट्रबारे छलफल गराउन खोजीरहेका थियौँ । काँग्रेस संसदको ठूलो पार्टी भएकाले काँग्रेसले यस विषयमा सोच्नु पर्छ । यो कुनै एक पार्टी वा समूहको एजेण्डा होइन । राष्ट्रिय एजेण्डा हो । राष्ट्रिय महत्वको विषयलाई छोडेर काँग्रेस कसरी बलियो हुन्छ ? हाम्रो प्रश्न त्यहाँ हो । त्यसैले हामीले कार्यसूची राखेका छौँ । अब छलफल हुन्छ ।’ पार्टी नेतृत्वले छलफल गर्न मान्छ त ? जवाफमा उनले भने, ‘राष्ट्रिय महत्वको विषय हो । यसमा छलफल गर्नै पर्छ । छलफल हुन्छ ।’
 

चुनावको मुखैमा केन्द्रीय समितिमा हिन्दु राष्ट्रको बहस गराउन खोज्नुको कारण ?
नेता भण्डारीले आफुहरुले यसले चुनावमा सहयोग हुन्छ र काँग्रेस बलियो हुन्छ भनेर छलफल गराउन खोजेको होइन भने । उनले आगडि थपे, ‘यो एजेण्डाले काँग्रेसलाई फाइदा हुन्छ भनेर बहस गराउन खोजेको होइन । राष्ट्रिय मुद्दा बनाउन काँग्रेस जस्तो ठूलो पार्टीले अग्रसरता लिनु पर्छ र जनमत संग्रहमा जाने सम्मको सहजिकरण गर्नु पर्छ ।’

काँग्रेसले यो एजेण्डा बोक्नै पर्छ भन्ने हाम्रो माग हो । आम नागरिक र कार्यकर्ताको भावना अनुसार अघि बढ्नु पर्छ । यस्तै, काँग्रेसका अर्का नेता पूर्णबहादुर खड्काले यस विषयमा अब पार्टीभित्र छलफल हुने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ