arrow

तीन महिनापछि राष्ट्रपति भारत जाने तिथी टुंगो लाग्यो

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
Bidhya-Devi-Bhandari.jpg.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तिथी तय भएको छ । राष्ट्रपति भण्डारी वैशाख ४ गते भारत भ्रमणमा निस्कने तय भएको हो । राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमणको तयारीमा जुटेको सरकारलाई भ्रमण तय गर्न तीन महिनापछि लागेको हो । भ्रमण तालिका भने केही दिनमा सार्वजनिक हुने बताइएको छ । अहिले प्रधानमन्त्री र परराष्ट्रमन्त्री चीन भ्रमणमा छन् ।

चैतको दोस्रो साता भारत जोन भनिएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वयस्तता र भारतीय राजदूत नियुक्त नभएका कारण भ्रमण दुई साता पछि सरेको हो । नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी नेपाल आइसकेका छन् । हालसम्मको तयारीनुसार राष्ट्रपति वैशाख ४ मा भारत जाने र त्यहाँको भ्रमण तालिका तय हुँदा चार या पाँच दिन बस्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

वैशाख चार गते दिल्ली पुग्ने, पाँचमा उच्चस्तरको भेटघाट गर्ने र ६ गते बनारस हिन्दु विश्वविद्यालयको कार्यक्रममा सहभागि हुने गरी तालिका तय भए पनि अन्य स्थान कहाँ जाने भन्ने विषय अझै टुंगो लागेको छैन । राष्ट्रपतिको भारत भ्रमणका क्रममा हुने दुईपक्षीय समझदारीहरुलाई ध्यान दिई तयारी भइसकेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ