arrow

सप्तरी पुगेर ठाकुरले बताए निर्वाचनबारे मोर्चाको बटमलार्इन

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
mahanth-Thakur.jpg.jpeg
राजविराज (सप्तरी) । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव पारित भएमात्र निर्वाचनमा जाने बताएका छन् । आइतबार राजविराजमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सीमाङ्कन मधेसी मोर्चाको बटमलाइन भएकाले सीमाङ्कनको व्यवस्थापन नभएसम्म निर्वाचनमा नजाने दृढता व्यक्त गरे। 
 
अध्यक्ष ठाकुरले विगत र अहिलेका सरकारले संविधान संशोधनको प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयनप्रति गम्भीर हुन नसकेको आरोप लगाउँदै मोर्चाको माग पूरा नभए आन्दोलनको विकल्प छैन् भने। संविधान संशोधन कसरी हुन्छ, त्यो काम सरकारको हो, यसमा सबैले सहयोग र साथ दिनुपर्छ उनले भने। 
 
अध्यक्ष ठाकुरले नेकपा(एमाले)को मेची महाकाली अभियानअन्तर्गत गत फागुन २३ गते सप्तरीको मलेठमा प्रहरीद्वारा मारिएका पाँच जना निर्दोष भएकाले दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने माग गरे। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ