arrow

उपप्रधानमन्त्री निधि र कतारका राजदूतबीच भेटघाट

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
Qatar-1.jpeg
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि कतारका राजदूत यूसुफ बीन मोहम्मद अल–हैलबीच आइतबार दिउँसो भेटघाट भएको छ ।  गृहमन्त्रालयमा भएको भेटमा राजदूत हेलले उपप्रधानमन्त्री निधिलाई कतारका प्रधानमन्त्री समेत रहेका गृहमन्त्री अब्दुल्लाह बीन नसीर बीन खालिफा अल थानीका तर्फबाट कतार भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरे । गृहमन्त्री निधिले कतार भ्रमणको निमन्त्रणा स्वीकार गर्दै छिट्टै कतार भ्रमण गरेर प्रधानमन्त्री खालिफासंग भेटघाट गर्ने बताए ।
 
सो भेटमा द्धिपक्षीय सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको थियो । त्यस अबसरमा राजदूत हैलले नेपालमा हुन गइरहेको स्थानीय निकायको निर्बाचन लगायतका बिषयमा आबश्यक सहयोग गर्न कतार सरकार तयार रहेको उल्लेख गरे। निर्बाचन लगायतका बिषयमा सहयोग गर्न तयार रहेकोमा कतार सरकारलाई धन्यबाद दिदैं गृहमन्त्री निधिले यस सम्बन्धमा सरकारले थप छलफल गरेर ठोस एजेण्डा अघि बढाउने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ