arrow

एनसेलले ल्यायो लोकल कलमा नै बिदेश कुरा गर्ने सुबिधा

एनसेलले घटायो ३० देशको कल शुल्क, अब प्रति मिनेट शुल्क रु १.९९ मात्र

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
ncell-axiate-company-logo.jpeg
काठमाडौ । एनसेलले विश्वका विभिन्न ३० मुलुकहरुमा लाग्ने कल शुल्क घटाएको छ । यो सँगै  ग्राहकले अब लोकल कलको दरमा विदेशमा कुरा गर्न पाउने भएका छन् । एनसेलले सोमबार देखि लागु हुने गरी यो योजना ल्याएको हो । ग्राहकले भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, हङकङ, जर्मनी, सिङ्गापुर, स्विडेन, न्युजिल्यान्ड लगायतका देशहरुमा कर बाहेक १ रुपैया ९९ पैसामा कुरा गर्न सक्नेछन् ।
 
एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले  सो  योजना १५ दिनसम्म लिन सक्नेछन् । यो अफर लिनका लागि ग्राहकले एस्ट्रिक्स् १७१०७ ह्यास डायल गर्नुपर्नेछ । साथै अंग्रेजीमा ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर वा १७१०७ मा डायल गरी प्राप्त जानकारी अनुसार पनि यो योजना सुचारु गर्न सक्ने कम्पनिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ