arrow

राप्रपामा पदलोलुपहरुको छटपटी

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
RPP.jpeg
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा यतिबेला पदलोलुपहरुको छटपटि चल्न थालेको छ । पार्टी एकीकरण भइ महाधिवेशन सम्पन्न गरे पश्चात पदाधिकारीमा नपरेका पदका भोकाहरु पार्टी छाडेर बसेका नेताहरुकहाँ दौडन थालेका छन् । 
 
पहिला राप्रपा नेपालबाट अलग भएर राप्रपामा छिरेका दिलविकास राजभण्डारी तथा राप्रपा नेपालमै रहेका तारा लुईंटेल लगायत केही व्यक्तिहरु पदको लागि कहिले केशरबहादुर विष्ट र कहिले डा. प्रकाशचन्द्र लोहनीको ढोकामा धाउन थालेका छन् । 
 
यीमध्ये राजभण्डारी महाधिवेशनबाट केन्द्रीय सदस्य जितेका थिए भने तारा लुईंटेल पराजित भएका थिए ।
 
पैसाका भोकाहरुको नाममा चिनिने उनीहरु तीनैजनालाई केशरबहादुर विष्ट तथा डा. लोहनीले पनि पदाधिकारीमा राख्ने ठोस आस्वासन नदिएपछि उनीहरुको निद हराम जस्तै भएको छ । 
 
घरजग्गाको कारोबारबाट अकुत सम्पति भित्र्याएर पैसाकै बलमा पार्टीको उच्च तहमा रहँदै आएका दिलविकास राजभण्डारी र तारा लुईंटेल यता न उताको स्थितिमा पुगेका छन् । राजनीतिक भविष्य धरापमा परेका यीनीहरुलाई कसैले काखी च्याप्ने नदेखिएपछि अन्य पार्टीहरुसँग समेत उनीहरुको वार्गेनिङ भइरहेको बताइन्छ । (जनभावना साप्ताहिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ