arrow

भ्रष्टाचारको विरोध गर्ने रुसी विपक्षी दलका नेता नाभाल्नीसहित पाँच सय जना पक्राउ

राष्ट्रपति पुटिनलाई चोरको संज्ञा, प्रधानमन्त्री मेद्भेदेभको राजीनामा माग

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
russia-navalny.jpeg
मस्को । रुसका विपक्षी दलका मुख्य नेता एलेक्से नाभाल्नीसहित कम्तीमा पाँच सय जना कार्यकर्ता राजधानी मस्कोमा पक्राउ परेका छन् । भ्रष्टाचार विरुद्ध राजधानी मस्कोमा भइरहेको प्रदर्शनको क्रममा विपक्षी नेता नाभाल्नीसहितलाई प्रहरीले पक्राउ गरेको हो ।
 
नाभाल्नीले रुसमा भ्रष्टाचारविरुद्ध अभियान चलाउँदै आएका छन् । मस्कोमा भएको प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए । प्रदर्शनकारीले प्रधानमन्त्री दिमित्री मेद्भेदेभ भ्रष्टाचारमा संलग्न रहेको भन्दै राजीनामा माग गरेका छन् ।
 
मस्को प्रदर्शनलाई सन् २०११–१२ मा भएको सरकार विरोधी आन्दोलनपछिको सबैभन्दा ठूलो मानिएको छ । 
 
प्रदर्शनका क्रममा पुटिनलाई कुर्सीबाट हट्न माग गरिएको छ । त्यस्तै पुटिन चोर हो भनी लेखिएका प्लेकार्डसमेत बोकिएको थियो । 
Russian riot policemen detain a demonstrator during an opposition rally in central Moscow, Russia, 26 March 2017
Police detain a protester in downtown Moscow
Police detain protesters in Pushkin Square, downtown Moscow
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ