arrow

एसिया कप इमर्जिङ क्रिकेट, नेपाल टस हारेर पहिले ब्याटिङ गर्दै

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
nepali-cricket-bangladesh-ma-bhiddai.jpeg
कक्स बजार । बंगलादेशमा सुरु भएको एसिया कप इमर्जिङ क्रिकेट अहिले नेपाल र पाकिस्तान यु–२३ बीचको खेल भइरहेको छ । खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।
 
ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा उत्रिएको नेपालले विजयी सुरुवात गर्दै सेमिफाइनल प्रवेशलाई प्रमुख दावेदारी दिन चाहन्छ ।
 
तर टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान पनि बलियो मानिन्छ ।  समूह बी मा रहेको नेपालसंगै बंगलादेश यु–२३ र हङकङ रहेका छन् ।
 
एसियाका चार टेष्ट मान्यताप्राप्त पाकिस्तान, भारत, बंगलादेश र श्रीलंका तथा एसोसिएट नेपाल, हङकङ, अफगानिस्तान र मलेसियाबीच भिडन्त भइरहेको हो । 
 
अहिले भारत र श्रीलंका, बंगलादेश र हङकङ तथा अफगानिस्तान र मलेसिया पनि खेल्दैछन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ