arrow

वीरगञ्ज भन्सारबाट फागुनमा मात्र एक अर्व राजस्व घाटा

logo
दीपेन्द्र चौहान ।
प्रकाशित २०७३ चैत १४ सोमबार
Birgunj-Bhansar.jpeg
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमा सरकारको राजस्व मारेर कर्मचारी र व्यापारी मोटाउने काम शुरु भएको छ । यस अभियान अन्तर्गत सबै मिलीजुली बाँडीचुडी खान थालेपछि फागुन महिनाभित्र वीरगञ्ज भन्सार कार्यालयलाई लगभग एक अर्ब घाटा भएको छ।
 
वीरगञ्ज भन्सारमा कार्यरत सशस्त्र राजस्व टोलीले खुलेआम तस्करहरुलाई वीरगञ्ज भन्सार कार्यालयको मूल नाकाबाट नै एउटा प्रज्ञापन पत्र प्रयोग गरेर चार–चार पटक सामान भित्र्याउन ‘लाइन’ दिएपछि यो अवस्था सृजना भएको हो ।
 
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले आफ्नो जाँचकी र मातहतका कर्मचारीहरुलाई नियन्त्रणमा राख्न नसकेपछि यो अवस्था सृजना भएको बताइन्छ । सरकारले  अत्याधुनिक हात हतियार दिएर वीरगञ्ज भन्सार कार्यालय जस्तो मुलुकको प्रमुख प्रवेश द्वारको जिम्मा लगाएको सशस्त्र राजस्व गस्तीका प्रमुख शुसील सुवेदी तस्करहरुसंग मिलेपछि राजस्व घाटामा गएको हो । फागुन महिना भित्र ९ अर्ब ७ करोड २६ लाख ८८ हजार रुपैया वीरगंज भंसार कार्यालयले असुली लक्ष्य राखेको भएतापनि जम्मा ८ अर्ब ९ करोड ८५ लाख ९४ हजार रुपैया मात्र उठाउन सफल भएको छ । 
 
नेपाल प्रहरीको प्रहरी महानिरिक्षक को हुने विवादले पनि यस घटनामा असर पुर्‍याएको बताइन्छ । विगत एक दशक अगाडी वीरगञ्ज भन्सारमा एक भाग सरकार एक भाग कर्मचारी र एक भाग व्यापारीवाला प्रथा लागु गरिएको कारणले सरकारले फागुन महिनाभित्र एक अर्ब क्षति व्यहोर्नु परेको जानकारहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ