arrow

काँग्रेसको विभागमा को को आउँदैछन्, विगतमा को को थिए ?

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
CONGRESS_BAITHAK.jpeg
काठमाडौं । नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको वैठकले केन्द्रीय समितिका सदस्यहरुलाई विभागको जिम्मेवारी दिने तयारी गरेको छ । आइतवारको वैठकले २९ जनाको कार्यसम्पादन समित बनाएको थियो । सोमबारको वैठकमा भने कार्यसम्पादन समितिमा नपरेका समेत नेताहरुलाई समेटेर विभागीय जिम्मेवारी दिने तयारी भइरहेको छ । यसका लागि छलफल शुरु भएको छ । अघिल्लो कार्यसमितिमा पार्टी सभापति शुसिल कोइरालाले ४२ वटा विभाग गठन गरेका थिए भने यो पटक पनि सभापति शेर बहादुर देउवाले पनि ४२ वटा विभाग बनाउने र आवश्यकताका आधारमा नयाँ विभागहरु पनि थप्ने कार्यसमितिबाट स्विकृती लिइसकेका छन् ।
 
अघिल्लो पटक स्वास्थ्य सेवा विभागको जिम्मेवारी पाएका डा शशांक कोइराला यो पटक महामन्त्री भएका छन् । अघिल्लो पटक उद्योग व्यापार विभाग संयोजक भएका दीप कुमार उपाध्याय भारतका लागि राजदुत भएर गएका छन् । कतिपय नयाँ केन्द्रीय सदस्यहरुले कार्यसमितिमा प्रवेश पाएका छन् । उनीहरुलाई समेट्ने चुनौती पनि सभापति देउवालाई रहेको छ ।
 
वैठकमा विभागीय प्रमुखहरु तोक्ने विषयमा लामो विमर्श भइरहेको वैठकमा रहेका केन्द्रीय सदस्यहरुले बताएका छन् । पार्टी संगठनमा महत्वपूर्ण मानिएको संगठन विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, संसदीय विभाग, तरुण विभाग, विद्यार्थी विभाग, प्रचार विभागमा कसलाई ल्याउने भन्नेमा नेताहरुबीच प्रतिष्पर्धा देखिन्छ । यद्यपी अघिल्लो पटक विभाग बनाउँदा पार्टी सभापति कोइराला हावी भएझै यो पटक देउवा हुने अनुमान धेरैले गरेका छन् । देउवा नेतृत्वको कार्यसमितिले जिम्मेवारी तोक्ने तयारी गर्दैगर्दा अघिल्लो कार्यसमितिले ककसलाई विभागिय जिम्मेवारी दिएको थियो भन्ने पनि धेरैलाई चासो रहेको छ । तपाइकै यहि चासोलाई सम्वोधन गर्न कोइराला नेतृत्वमा रुहेका विभागिय प्रमुख र उनीहरुको जिम्मेवारी यहाँ राखेका छौ । 
 
१. संगठन विभाग संयोजक आनन्द ढुङगाना
२. स्थानीय निकाय विभाग संयोजक दिल बहादुर घर्ती
३. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग संयोजक सुजाता कोइराला
४. सांस्कृतिक विभाग संयोजक श्रीमती मिना सुब्बा
५. महिला विभाग संयोजक मिना पाण्डे
६. प्रचार विभाग संयोजक डा मिनेन्द्र रिजाल
७. संसदीय विभाग संयोजक पूर्ण बहादुर खड्का
८. तरुण विभाग संयोजक शंकर भण्डारी
९. विद्यार्थी विभाग संयोजक नविन्द्र राज जोशी
१०. पेशागत एवं वुद्धिजीवी विभाग संयोजक डा शेखर कोइराला
११. शिक्षा विभाग संयोजक चन्द्र भण्डारी
१२. स्वास्थ्य विभाग संयोजक डा शशाङ्क कोइराला
१३. गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग संयोजक डा नारायण खड्का
१४. अनुसन्धान तथा अभिलेख विभाग संयोजक श्रीमती महालक्ष्मी उपाध्याय डिना
१५. उद्योग व्यापार विभाग संयोजक दीप कुमार उपाध्याय
१६. यातायात तथा व्यवसाय विभाग संयोजक अजय चौरसिया 
१७. कृषि तथा सहकारी विभाग संयोजक बाल कृष्ण खाँड
१८. संवैधानिक तथा कानून विभाग संयोजक श्रीमती पुष्पा भुषाल
१९. आदिवासी तथा जनजाति विभाग संयोजक भिष्मराज आङ्दम्बे
२०. अनुगमन तथा मूल्याङ्कन विभाग संयोजक अम्बिका बस्नेत 
२१. खेलकूद विभाग संयोजक धनराज गुरुङ
२२. प्राकृतिक स्रोत विभाग संयोजक डा प्रकाश शरण महत 
२३. प्रशासन विभाग संयोजक कमला पन्त
२४. श्रमिक विभाग संयोजक बद्री पाण्डे
२५. नेपाली जनसम्पर्क समिति समन्वय विभाग  संयोजक अर्जुन प्रसाद जोशी
२६. वैदेशिक रोजगार क्षेत्र समन्वय विभाग संयोजक लक्ष्मी राई
२७. अपाङ्ग विभाग संयोजक सुजाता परियार
२८. दलित विभाग संयोजक जीवन परियार
२९. द्वन्द व्यवस्थापन विभाग संयोजक ईश्वरी न्यौपाने 
३०. निर्माण व्यवसायी समन्वय विभाग संयोजक दिपक गिरी 
३१. मुस्लिम विभाग संयोजक मो फर्मुल्लह मंसुर
३२. वन तथा वातावरण विभाग संयोजक कविता कुमारी सरदार बाँतर
३३. तराई–मधेश विभाग संयोजक उमाकान्त चौधरी 
३४. पर्यटन विभाग संयोजक किशोर सिंह राठौर
३५. सिंचाई तथा पूर्वाधार विकास विभाग संयोजक मिनाक्षी झा 
३६. संघीय मामिला विभाग संयोजक गगन थापा
३७. शान्ति सुरक्षा र सेवा विभाग संयोजक पार्वती डि सि चौधरी 
३८. वित्तिय संस्था समन्वय विभाग संयोजक राजन प्रसाद पन्त 
३९. साहित्य, कला तथा संस्कृति विभाग संयोजक मनमोहन भट्टराई 
४०. विज्ञान तथा प्रविधि विभाग संयोजक सिता गुरुङ 
४१. भू.पू. सैनिक विभाग संयोजक रमेश रिजाल
४२. काठमाडौँ सम्पर्क समिति समन्वय विभाग संयोजक सुर्यमान गुरुङ 
 
सभापति देउवाले भने यो पटक जिम्मेवारी नतोकेपनि व्यवहारमा विभिन्न नेतालाई जिम्मेवारी सहित काममा लगाउँदै आएका थिए । यसैलाई आधार बनाएर पनि जिम्मेवारी दिइने अनुमान पनि धेरैले लगाएका छन् । यो पटक पनि लगभग यसअघी पाएको जिम्मेवारीमा सामान्य हेरफेर मात्रै गरिने पनि बताइएको छ । तर त्यसरी हेरफेर हुँदा महत्वपूर्ण मानिएका विभागमा देउवाले आफू निकटहरुलाई जिम्मेवारी दिन चाहेको स्रोतको दावी छ । सभापतिले दिएकै जिम्मेवारीको आधारमा जनसम्पर्क विभागमा सुरेन्द्र पाण्डे, खेलकुद विभागमा विर बहादुर वलायर आउने बताइन्छ । प्रवक्ताको जिम्मेवारी केन्द्रिय कार्य सम्पादन समितीमा परेका नेता रमेस रिजाललाई तोक्ने तयारी सभापती शेरबहादुर देउवाले गरेका छन । प्रचार विभागमा पनि मिन विश्वकर्मालाई ल्याउने तयारीमा देउवा रहेका छन्। यद्यपी डा मिनेन्द्र रिजाललाई पुरानै जिम्मेवारी दोहोर्‍याउन दिनेमा पनि उनको तयारी छ । पहिलोपटक निर्वाचित केन्द्रीय सदस्यहरु पनि विभागीय नेतृत्वका लागि आकाँक्षी छन्। अघिल्लो पटक विभाग बनाउँदा असन्तुष्टी राखेको देउवा पक्षले यो पटक पौडेल पक्ष, सिटौल पक्ष र खड्का पक्षलाई कसरी समेटेर विभाग गठन गर्छ हेर्न बाँकी छ । पदाधिकारीहरु पनि यसैपटक टुङगो लगाउन देउवालाई दवाव परेपनि त्यस बारेमा के गर्ने हुन अझै भन्न सकिने अवस्था छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ