arrow

एसीसी इमर्जिङ कप : पाकिस्तानलाई नेपालको १८१ रनको चुनौती, ज्ञानेन्द्र २ रनमै आउट

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
Gyanendra_Malla-new.jpeg

काठमाडौं । एसीसी इमर्जिङ कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १८१ रनको चुनौती दिएको छ । टेष्ट मान्यता प्राप्त पाकिस्तानको २३ वर्ष मुनिको टोलीविरुद्ध व्याटिङ गर्दै नपालले  निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

बंग्लादेशको शेखकमल स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको नेपालका लागि सुरुवाती व्याट्सम्यान सुनिल धमलाले ४३ रन बनाए । उनले १२५ बलको सामना गर्दै ३ चौकाको मद्दतले ४३ रन बनाएका हुन् । यस्तै, शरद भेषावकरले ५९ बलमा ३८ रन जोड्दा नेतृत्व सम्हालेका ज्ञानेन्द्र मल्ल २ रनमा आउट भए । सागर पुन एक चौका प्रहार गरेर आउट भए ।

विनोद भण्डारीले २४ रन बनाउँदा आरिफ शेखले अविजित १८ रन बनाए । मेहेबुब आलमले खाता खोल्न सकेनन् भने शुसन भारी ३ रनमै आउट भए । समूह बी मा रहेको नेपालसँगै बंगलादेश यु–२३ र हङकङ रहेका छन् । एसियाका चार टेष्ट मान्यता प्राप्त पाकिस्तान, भारत, बंगलादेश र श्रीलंका तथा एसोसिएट नेपाल, हङकङ, अफगानिस्तान र मलेसियाबीच भिडन्त भइरहेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ