- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बिराटनगर । गृहमन्त्री विमलेन्द्र निधिले तोकिएकै समयमा स्थानीय तहको चुनाव हुने बताएका छन् । पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठकका लागि विराटनगर पुगेका गृहमन्त्री निधिले सञ्चारकर्मीसँग स्थानीय तहको चुनाव एकै चरणमा सम्पन्न हुने जानकारी गराए ।
मन्त्री निधिले मधेसी मोर्चा आफुहरुसँगै चुनावमा हुने र स्थानीय तहको चुनाव सम्पन्न हुने समेत बताए । सरकारले मधेसी मोर्चालाई चुनावमा सहभागि गराउन आवश्यक वातावरणको तयारी गरिरहेको समेत गृहमन्त्री निधिले जानकारी दिए ।