arrow

शिक्षामा निजी क्षेत्रको ब्रम्हलुट : 'सञ्चालकले तिर्ने कर पनि विद्यार्थीको टाउकोमा'

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
private_school.jpeg
भक्तपुर । शिक्षासँग सरोकार राख्ने अभिभावक संघ नेपाल, प्याब्सन र एन प्याब्सनका पदाधिकारीले सरकारको कमजोरीकै कारण नेपालको शैक्षिक क्षेत्रको बिकास हुन नसकेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनीहरुले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी बालुवामा पानी खनाए सरह भएको भन्दै सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीको अनुगमन गर्न नसक्दा सामुदायिक बिद्यालयको अवस्था दिन प्रतिदिन खस्कँदै जानु र हचुवाका भरमा पटक पटक शिक्षा नियमावली परिवर्तन गरिनु र काम पुरानै शैलीमा हुने गरेकाले यस क्षेत्रको बिकास हुन नसकेको आरोप लगाएका हुन् ।
 
अभिभावका संघ नेपालका अध्यक्ष केशव पुरीले सरकारी शिक्षण संस्थाहरुको कमजोरीका कारण निजी नाम चलेका बिद्यालयहरुले आर्थिक ब्रम्ह लुट गर्दै अभिभावक माथि धान्नै नसक्ने आर्थिक भार थुपारेको बताए । उनले बिश्वमै काहीँ नभएको शैक्षिक कर निजी बिद्यालयल सीधै एक प्रतिशत कर बिद्यार्थीको टाउकोमा लाद्नु गलत भएको भन्दै यस्तो कर बिद्यार्थीले नभएर सञ्चालकले बेहोर्नु पर्नेमा जोड दिए ।
 
उनले निजी बिद्यालयको शैक्षिक प्रणाली एकै हुनु पर्ने भन्दै समय अनुकुल बिद्यार्थी शुल्कलाई परिमार्जन गरिनु पर्ने बिषय उठान गर्दा अभिभावकलाई प्याब्सन र एन प्याब्सनले  दुश्मनको ब्यवहार गर्ने गरेको गुनासो गरे । प्याब्सनका अध्यक्ष बिजय सम्बाहाम्फेले नेपालको भूगोल अनुरुपको शिक्षा प्रणाली लागू गर्न नसक्दा समस्या देखिएकाले सोच अनुरुप प्रतिफल प्राप्त हुन नसकेको बताए ।
 
उनले राज्यका महत्वपूर्ण पदमा बसेका ब्यक्तिहरुले नेपालको शैक्षिक क्षेत्रका बारे जानकारी नहुँदा बिभिन्न समयमा नेपाल सरकारले निजि बिद्यालयमा पटक पटक अंकुश लगाउने काम गलत भएको बताए । एन प्याब्सनका अध्यक्ष कर्ण बहादुर शाहिले नेपालका निजि बिद्यालयले समय अनुरुप सञ्चालन हुँदै आएको र सरकारी बिद्यालयको सुधार भए निजि बिद्यालय डुब्छन् भन्ने भनाई भ्रम मात्र भएको भन्दै सरकारले प्रदान गर्न नसकेको शिक्षा क्षेत्रको बिकासमा अहंम भूमिका खेलिरहेको बताए ।
 
उनले न्यायलयले समेत बिद्यालयका शुल्कका बिषयमा जारी गरेको निर्देशन समयानुकुल नभएको भन्दै उपत्यकामा सञ्चालनमा रहेका निजि बिद्यालयलाई जस्तै अन्य बिकट जिल्लाका निजि बिद्यालयलाई एकै स्थानमा राखिनु न्याय पूर्ण नरहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ