arrow

दोस्रो पटक सर्‍यो काँग्रेसी कर्मचारीको महाधिवेशन, अब निर्वाचनमा केन्द्रीत हुने

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
nepal_nijamati-karmachari_union_sangh.png
काठमाडौं । नेपाली काँग्रेस निकट कर्मचारीहरुको महाधिवेशन दोस्रो पटकपनि स्थगित भएको छ । दोस्रो पटक चैत १६ र १७ गते चितवनमा गर्ने तयारी भईरहेको नेपाल निजामती कर्मचारी युनियन संघको महाधिवेशन स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि गर्नेगरी स्थगित भएको संघका कार्यबाहक अध्यक्ष जीत बहादुर मडैले जानकारी दिए । 
 
तोकिएको मितिमा निर्वाचन गर्ने तयारी भईरहेको संघलाई निर्वाचन आयोगले पत्र लेखी निर्वाचन आचारसंहिताको समयभित्र महाधिवेशन नगर्न पत्र काटेकोले महाधिवेशन सार्नपरेको मडैले जानकारी दिए । यस अघि महाधिवेशनको लागि फागुनको २४ र २५ को मिति तय गरिएकोमा जिल्ला तथा विभागीय कार्यसमितिको अधिवेशन सम्पन्न नभएको भन्दै चैत १६ र १७ को लागि निर्वाचनको मिति घोषणा गरिएको थियो ।
 
आयोगको पत्र प्राप्त भएपछि संघको चैत ११मा बसेको बैठकले निर्वाचन आचारसंहिता फुकुवा भएको १५ दिन भित्र निर्वाचन गरिसक्नेगरी चैत १६ र १७को मिति स्थगित गरिएको छ । संघको महाधिवेशन जेठको अन्तिम साता हुने भएको छ । यद्यपि निर्वाचनको मिति भने पछि तय हुने संघले जनाएको छ । 
 
मडैले स्थानीय तहको निर्वाचनलाई प्राथमिकतामा राखी निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिए । उनले अब युनियन संघ दिलोज्यान दिएर सरकारले तोकेको मितिमा स्थानीय निर्वाचन गराउनको लागि लागि पर्ने जानकारी पनि दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ