एजेन्सी । बलिउड स्टार सलमान खान र कपिल शर्माबीच राम्रो सम्बन्ध रहेको छ । कपिलले सुनील ग्रोवरसँग झगडा गरेपछि सलमानले आफ्ना मित्र कपिललाई आफ्नो स्टारडमलाई काबुमा राख्न सुझाब दिएका छन् ।
हालै सलमान खानले एक अन्तर्वार्ताको क्रममा कपिल शर्माले अफ्नो स्टारडमलाई काबुमा राख्न जरुरी रहेको बताएका हुन् । सलमानले घुमाउरो पारामा भने - ' म आफ्नो करियरको त्यो विन्दुमा छू जहाँ मानिसहरु मेरो हो मा हो मिलाउछन् । तर मलाई त्यो सहि वा गलत थाहा हुन्न । त्यसैले म सधै आफ्नो परिवार र साथिहरुको कुरा सुन्ने गर्दछु । किनकि उनिहरुले मलाई गलत बाटोमा हिड्न दिदैनन् । त्यसै गरि कपिलले पनि आफ्नो स्टारडमलाई काबुमा राख्न आवश्यक छ । '
कपिल शर्माको शो 'द कपिल शर्मा' बन्द हुने अवस्थामा रहेको छ । कपिल शर्मा र सुनील ग्रोवरबीच हालै भएको विवादले हैरान भएका च्यानलले शो बन्द गर्ने निर्णय गरेको बताइएको छ । कपिलको शोमा कोही सेलेब्रिटी नआएपछि उनले शोको सुटिङ रद्द गरेर आफ्नो चलचित्र 'फिरंगी' को सुटिङमा गएका छन् । उनि २९ मार्चमा मुम्बइ फर्कनेछन् ।
मार्च १६ मा कपिलको टिम अष्ट्रेलियाबाट मुम्बई फर्कने क्रममा विमानमा सुनिलसँग सामान्य विवादले झगडाको रुप लिएको थियो। कपिलले रक्सी पिएर डा.गुलाटी अर्थात सुनिल ग्रोवरलाई कुटपिट नै गरेका थिए ।