arrow

मनपरी जग्गाविक्री गरेपछि हरिसिद्धि इट्टा कारखानाका शेयरधनी आन्दोलित

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
harisiddhi_itta.jpeg
काठमाडौं । हरिसिद्धि इट्टा तथा टायल कारखाना लिमिडेटको जमिन मनपरि विक्री वितरण भइरहेकाले तत्काल रोक्न शेयरधनी, कामदार, कर्मचारी तथा स्थानीय सरोकारवालाहरुले माग गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा शेयर संघर्ष समितिले पत्रकार सम्मेलन गरेर जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठको हालीमुहाली रहेको संंचालक समितिले मनपरी रुपमा जग्गा विक्रीवितरण गरेर काराखानालाई टाट पल्टाउन लागेकोतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।
 
कम्पनी रजिष्ट्रेशन कार्यालयले हालको संचालक समितिलाई अभिलेख नगरिरहेको अवस्थामा उक्त समितिले जग्गा धीतो राख्ने र बेच्ने क्रियाकलाप गर्दा समेत सम्बन्धित नियमनकारी निकायहरु आँखा चिम्लेर बसेको शेयर संघर्ष समितिका संयोजक अच्युतप्रसाद मिश्रले आरोप लगाए । 
 
उनले भने, ‘हामी अन्यायमा परका छौँ, न्यायका लागि हारगुहार गर्दा पनि सुनुवाई भएको छैन्, हरिसिद्धिको संचालक समितिले उद्योग चलाउनुको साटो भएका अचल सम्पत्तिलाई समेत कौडीको भाउमा बेच्ने काम भएको छ, कारखाना बर्बादीतर्फ धकेलिएकोे छ ।’ संयोजक मिश्रले भने,‘त्यति मात्रै नभएर कामदारलाई विगत डेढ वर्ष देखि कुनै तलब समेत दिईएको छैन्, कोही मानसिक तनावको सिकार भैरहेका छन् ।’
 
कामदार, शेयरधनी र पीडित सरोकारवालाको उपस्थितिबीच पत्रकार सम्मेलनमा संचालक समितिका जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठको मिलेमतामा भएका गलत गतिविधिहरुको आलोचना गरिएको थियो । श्रेष्ठद्धयको मिलेमतोमा कारखाना डुबाउने र अचल सम्पत्ति हडप्ने खेल भएको भन्दै हेमराज महर्जन, पूर्ण महर्जन र श्याम खत्रीले न्यायका लागि आफूहरु पछि नहट्ने र तत्काल वार्षिक साधारण सभा र आर्थिक पारदर्शिताको लागि गरिएको अपिललाई वेवास्था गरिए कडा आन्दोलन गर्नेमा जान चेतावनी दिए । 
 
उद्योग संचालन गर्न सरकारले दिएको अचल सम्पत्ति धीतो राख्ने र बेच्ने कार्य हुँदा समेत सरकार बेखबर जस्तो बनेकोमा संघर्ष समितिले चर्को आलोचना गरेको छ । ०२२ सालमा चीन सरकारले नेपाललाई उपहारस्वरुप निमार्ण गरेको हरिसिद्धि तथा टायल कारखाना लिमिटेड ०४९ सालपछि निजिकरणमा परिणत भएको र हालसम्म करौडौ रुपैयाको आर्थिक हिनामिना भएको संघर्ष समितिका सदस्य श्याम कृष्ण खत्रीले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ