arrow

'बाहुबली २' को सेटेलाइट्स राइट्स रेकर्ड ५०० करोड

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
baahubali-2-(1).jpeg
एजेन्सी । 'बाहुबली २'  रिलिज पुर्व नै रेकर्ड बनाउन सुरु गरेको छ । चलचित्रले  रिलीज भन्दा पहिले सेटेलाइट्स राइट्सको माध्यमबाट ५०० करोड भन्दा ज्‍यादा कमाइ गरेको छ । हिंदी लगायत चलचित्र तमिल, तेलुगू ,मलाया भाषामा रिलीज हुनेछ । 
 
चलचित्रको कमाई र चर्चाले सबै तिर छोएको छ । १० दिन अघि रिलिज भएको चलचित्रको ट्रेलर १० करोड पटक हेरिसकिएको छ । 
 
'कटप्‍पाले बाहुबलीलाई किन मारे ...?' भन्ने प्रश्नको  उत्तर लिएर निर्देशक राजामौली चलचित्रको सिक्वेल 'बाहुबली २' मा आएका छन् ।  चलचित्र २८ अप्रिलमा रिलिज हुनेछ । 
 
निर्देशक एस राजामौलीले चलचित्रको इभेन्टमा पहिलो पटक ३६० डिग्रि लाइभ स्‍ट्रीमिंगको प्रयोग गरिने ट्विटरमा जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ