arrow

चीनले चुनावका लागि नेपाललाई ९० लाख युआन सहयोग गर्ने

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति ‘सी’बीच भेट

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
cm-p-ra-xi.jpeg

बेइजिङ्, चीन । चीनले नेपाललाई चुनावका लागि ९० लाख चिनियाँ युआन सहयोग गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा चुनाव घोषणा भएकोमा खुशी प्रकट गर्दै त्यसको सफलताका लागि ९ मिलियन आरएमबी सहयोग गर्ने प्रतिवद्धता गरेका हुन् ।

भेटपछि प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सीसँग उत्साहका साथ खुल्ला र स्पष्ट छलफल भएको पनि बताएका छन् । चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दि पिपुलमा दिउँसो भएको भेट महत्वपूर्ण र उपलब्धिमूलक रहेको र यस खालको उच्चस्तरीय छलफलले नेपाल चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको प्रधानमन्त्री दाहालको भनाई छ ।

भेटमा प्रधानमन्त्रीले आफूले उठाएका सबै विषयमा राष्ट्रपतिबाट सकारात्मक जवाफ आएको बताउँदै छलफल सोचेभन्दा पनि माथि रहेको बताए । नेपालले उठाएका सबै विषयको सकारात्मक सम्बोधन हुनु र अझ राष्ट्रपति आफैले नेपालको राजनीतिक स्थायित्व, विकास, सम्वृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने जस्ता विषयमा चासोका साथ प्रस्तुत गर्नुले छलफल राष्ट्रका लागि धेरै महत्वपूर्ण रहेको प्रधानमन्त्रीको प्रतिक्रिया छ ।

राष्ट्रपतिसँगको छलफलमा नेपाल र चीनबीच दुई देशीय सम्बन्ध र आपसी हितका विषयमा समेत छलफल भएको बताइएको छ । भेटमा प्रधानमन्त्री दाहालले २०७२ को गोरखा भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालन गर्न आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ