arrow

बाबुरामको नयाँ शक्ति फुट्यो, ‘लोकतान्त्रिक समाजवादी नयाँ शक्ति’ घोषणा हुँदै

नयाँ पार्टी घोषणा हुने थाहा पाएपछि बाबुराम धमाधम नेता कार्यकर्ता निकाल्दै

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
baburam-kp-parti-phutyo.jpeg

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा रहेको लोकतान्त्रिक धार फुटेको छ । फुटेकाहरुले वुधबार नयाँ पार्टी घोषणा गर्दै छन् । पार्टी घोषणाको तयारी भएको थाहा पाएपछि नयाँ शक्तिले सोमबार केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको सार्वजनिक गरेको छ । बाहिरिएकाहरुले ‘लोकतान्त्रिक समाजवादी नयाँ शक्ति’नाम गरेको पार्टी घोषणा गर्न लागेका हुन् । वुधबार हुने घोषणा सभामा केन्द्रीय नेता र जिल्ला प्रतिनिधि गरी एक हजार बढी भेला हुने नयाँ शक्तिबाट बाहिरिएका पूर्व सांसद मोहन बमले जानकारी दिए ।

उनले भने, ‘हामीले नयाँ शक्ति पहिले नै त्यागिसकेका थियौँ । हामीले नयाँ पार्टी घोषणा गर्न लागेको थाहा पाएपछि नाटक गरेर निकालेको घोषणा गरिएको हो ।’ पार्टी हित विपरीत चलेपछि कारबाही गरिएको भनिएको छ ? जवाफमा बमले भने, ‘हामी जसरी पार्टी नेतृत्वलाई हेरेर आएका थियौँ । नयाँ शक्तिमा व्यवहार राम्रो रहेन । पार्टीको चरित्र के भन्ने पनि बुझिएन । एकल पार्टी जस्तो देखियो ।’

नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले पार्टीभित्र रहेर पार्टी हित र मूल्य मान्यता विपरीत गतिविधि गरेकाले निस्कासन गर्नुपरेको बताएका थिए । नयाँ पार्टी घोषणा सभापूर्व पत्रकार सम्मेलन हुने बताइएको छ । यस्तै, पार्टीको संयोजक भेलाले नै घोषणा गर्ने र समावेशी केन्द्रीय कमिटी बन्ने पूर्व सांसद बमले बताएका छन् ।

एमालेबाट पूर्व सांसद रहेका बम २०७० को संविधान सभा निर्वाचनमा तत्कालिन एकिकृत माओवादीबाट निर्वाचन लडेका थिए । बाबुराम माओवादीबाट बाहिरिएसँगै बम बाबुरामतिर लागेका हुन् । यस्तै, निर्मल भट्टराई एमाले नेता झलनाथ खनालका पूर्व पीए हुँदै माओवादीबाट नयाँ शक्ति प्रवेश गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ