arrow

एसीसी इमर्जिङ कपः पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
news-aaja-cc-nn.jpeg

काठमाडौँ । बंगलादेशमा जारी एसीसी इमर्जिङ कप अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । शेखकमल अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदानमा भएको खेलमा टस हाररे पछि वयाटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै १ सय ८० रन बनायो। नेपालका लागि  सुनिल धमलाले १ सय २६ बलको सामना गर्दै सर्वाधिक ४३ बनाए । यस्तै, नेपालका लागि शरद भेषावकरले ३८ तथा विनोद भण्डारीले २४ रनको योगदान गरे ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका गुलाम मुदस्सारले १० ओभरमा २६ रन खचिँदै ५ विकेट लिए । १ सय ८१ रनको सामान्य चुनौती पछ्याएको पाकिस्तानी यु–२३ टोलीले इमाम उल हकको सतकीय पारीको मद्दतमा ४५ ओभर १ बल खेल्दै ४ विकेट गुमाएर विजयी लक्ष्य भेट्टायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल तथा सन्दिप लामिछानेले समान २–२ विकेट लिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ