arrow

भारत भैरहवासम्मै प्राकृतिक ग्यासको पाइप लाइन निर्माण गर्न सहमत

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
gas-pipeline.jpeg
काठमाडौं । छिमेकी भारत नेपाललाई प्राकृतिक ग्यास आपूर्ति गर्न र त्यसका लागि भैरहवासम्म पाइपलाइन समेत निर्माण गरिदिन सहमत भएको छ ।
 
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच सोमबार नयाँ दिल्लीमा भएको इन्धन खरिद सम्झौता नवीकरण बैठकमा दुई देशबीच प्राकृतिक ग्यास कारोवार सम्झौता भएको हो ।
 
भारतले यसअघि नेपाललाई पेट्रोलियम पदार्थसहित खाना पकाउने एलपिजी ग्यास आपूर्ति गर्दै आएको छ । 
 
नयाँ सहमतिसँगै खाना पकाउन एलपिजीको विकल्प प्राकृतिक ग्यास प्रयोग गर्न सकिने छ, जुन तुलनात्मक रुपमा सस्तो पर्नेछ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ