arrow

दीपाश्रीसँग गृहमन्त्री निधि जिस्किएपछि.....

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
bimalendra_nidhi-news.jpeg
विराटनगर । मोरङको विराटनगरस्थित न्यु सृष्टि दैनिकको छैटौं वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि थिए गृहमन्त्री विमलेन्द्र निधि ।
 
गृहमन्त्री निधि प्रमुख अतिथि रहेको कार्यक्रममा हास्य कलाकार दीपाश्री निरौला पनि उपस्थित थिइन् ।
 
सोही कार्यक्रममा गृहमन्त्री निधि कलाकार दीपाश्री निरौलासँग जिस्किएका थिए।  
 
विराटनगरकै कलाकार दीपाश्री निरौलाले अविवाहित भएको बताएपछि उद्घोषकले अर्को वर्ष भिनाजु लिएर आउनुहोस् दिदी भन्दै ठट्टा गरेका थिए।
 
गृहमन्त्री निधिले दीपा श्रीलाई जिस्क्याउँदै भने, ‘के गर्नु मेरो विवाह पहिल्यै भइहाल्यो।’ 
 
गृहमन्त्रीको ठट्टामा कार्यक्रमस्थल हाँसोले गुन्जिएको थियो । निधिले दीपाश्रीको प्रशंसा गर्दै उनी निकै राम्रो र सबैको प्रिय कलाकार भएको बताएका थिए ।
 
निधी केन्द्रीय समितिको वैठकबाटै विराटनगरका कार्यक्रममा सहभागि हुन गएका थिए । उनले त्यहाँ त्यहाँ सुरक्षा सम्वन्धी एक कार्यक्रममा सहभागिता जनाएका थिए भने सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका थिए। आगामी चुनावको लागि सुरक्षाको रणनीति बनाउन निधीले सबै सुरक्षा अंगका प्रमुखहरुलाई निर्देशन दिएका थिए।
 
(अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ