arrow

एसिया कप छनोट फुटबल: नेपाल र फिलिपिन्स भिड्दै

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
Nepal-vs-philippines.jpeg
काठमाडौं । एसिया कप छनोट फुटबलमा मंगलबार नेपालले फिलिपिन्ससंग खेल्दैछ । छनोटको तेस्रो चरणको पहिलो खेलमा नेपालले फिलिपिन्ससंग उसकै मैदान मनिलाको रिजाल मेमोरियल रंगशालामा खेल्न लागेको हो । खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।
 
फिलिपिन्सले पछिल्ला तीन भिडन्तमा नेपाललाई पराजित गरे पनि सधै इतिहासले काम नगर्ने र आफूहरुले नै खेल जित्ने दाबी नेपाली टिमका कप्तान विराज महर्जनले गरेका छन् । उनले भने, ‘हाम्रो तालमेल मिलिरहेको छ, यसपटक हामी जित्नकै लागि मैदानमा उत्रने छौं ।’
 
त्यस्तै नेपाली टिमका मुख्य प्रशिक्षक ग्योतोकी कोजुले टिम सुधारोन्मुख भएकाले जित्ने विश्वास गरे । उनले भने, ‘फिलिपिन्स बलियो टिम हो, तर हामीसंग अहिले सन्तुलित टिम छ ।’ फिलिपिन्सका कप्तान जेम्स यंगहस्बेन्डले आफूहरुले गल्ती गरे त्यसको सजाय भोग्नुपर्ने भएकाले सचेत भएर खेल्ने बताए । 
 
त्यस्तै फिलिपिन्सका प्रशिक्षक थोमस डेनिस दुलेले नेपालले गरेको सुधारले आफूहरुलाई ठूलो चुनौती थपेको बताए । उनले नेपालका केही खेलाडीहरु पिलिपिन्सका चुनौती हुन सक्ने पनि बताए । 
 
नेपाली टिमलाई एसिया कप छनोटको तेस्रो चरण खेल्ने सुन्दर अवसर मिलेको हो । यसअघि विश्वकपको समेत छनोट मानिएको खेलमा भारतसँग पराजित हुँदै नेपाल एसिया कप फुटबलको समेत पहिलो चरणबाटै बाहिरिएको थियो ।
 
तर तेस्रो चरणका लागि छनोट भएको ग्वामले आन्तरिक कारण देखाउँदै नाम फिर्ता लिएपछि तथा घरेलु फुटबल संघमा लागेको प्रतिबन्धले कुवेतले प्रतिस्पर्धा गर्न नपाउने भएपछि नेपाल र मकाउले अवसर पाएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ