arrow

आरआर क्याम्पस स्ववियु निर्वाचनः क्रान्तिकारीको ढुंगामुढाले चुनाव विथोलियो

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
rrcampus-update.jpeg
काठमाडौं। सर्वोच्च अदालतको आदेशपछि राजधानीको रत्नराज्य क्याम्पस आरआरमा मंगलबार बिहान ८ बजेदेखि हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुने स्थितिमा पुगेको छ। संयुक्त विद्यार्थीको प्यानलमा क्रान्तिकारी विद्यार्थीहरुले चुनाव स्थगित गर्न आन्दोलन गर्ने क्रममा ढुंगामुढा भएपछि चुनाव रोकिने सम्भावना बढेको हो। 
 
त्यहाँ सुरक्षाकर्मीको समेत बाक्लो उपस्थिति रहेको छ। गत फागुन १८ गते हुनुपर्ने निर्वाचन हुन नसकेपछि चैत १५ गतेका लागि तोकिएको थियो। अनेरास्ववियुको गढका रुपमा मानिएको आरआरमा यसपटक नेविसंघको पनि राम्रै उपस्थिति रहेको छ। आफूहरुको स्ववियुका उपस्थिति न्यून हुने देखेपछि क्रान्तिकारीहरु चुनाव भाँड्न लागेको आरआरका एक अनेरास्ववियु विद्यार्थी नेताले बताए। 
 
सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहे पनि अहिलेसम्म मतदान प्रक्रिया सुरु हुन सकेको छैन। विद्यार्थीहरु मतदानका लागि लाइनमै बसे पनि ढुंगामुढा गरेपछि तितरवितर भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ