arrow

काठमाडौं महानगरको ३२ वडामा काँग्रेसको तर्फबाट अध्यक्षमा सय भन्दा बढी आकाँक्षी

को को छन आकाँक्षी ?

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारी व्यापक रुपमा चलिरहेको छ । मधेशी मोर्चाको असन्तुष्टीलाई कम गराउँदै तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने विश्वास पनि बढ्दै गईरहेको छ । यसैबीच आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा आफ्नो उम्मेदवारीका लागि आकांक्षा देखाउनेहरु सतहमा देखिन थालेका छन् । 
 
काठमाडौं महानगरपालिका र विभिन्न नगरपालिकाहरुमा मेयरका उम्मेदवारहरुको नाम चर्चामा आएसँगै काठमाडौं महानगरपालिकाको ३२ वटा वडाका अध्यक्षको लागि पनि दाबेदारी प्रस्तुत गर्नेहरु देखिा थालेका हुन् । देशकै राजधानी समेत रहेको काठमाडौंको स्थानीय तहको निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने कुरा स्थानीय राजनीतिक दलका नेता कार्यकर्तादेखि आमनागरिक र स्थानीयस्तरमा मतदाताहरुका लागि पनि चासोको बिषय बन्दै गएको छ । 
 
विभिन्न पदहरुमा उम्मेदवारी दिनेहरुको चाहनासँगै उम्मेदवारका आकांक्षीहरुमा होड चलिरहेको छ । मुख्य पार्टीहरुले विशेषगरी महानगरपालिका र काठमाडौंका नगरपालिकाहरुमा बनाउने उमेद्वारको बारेमा चर्चा थालेसँगै आकाँक्षीहरु पनि आफ्नो तयारीमा पनि लागेका छन्।  
 
सरकारको मुख्य घटक तथा संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले आफ्ना भातृ तथा शुभेच्छुक संस्थाहरुलाई स्थानीय तहमा ख्यातीप्राप्त काँग्रेसका नेता कार्यकर्ताको नामावली पठाउन निर्देशन समेत दिईसकेको छ । अब भातृ तथा शुभेच्छुक संस्थाबाट प्राप्त नामावलीलाई समेत केन्द्रबाट अध्ययन गरी टिकट दिने विषयमा केन्द्रले नै निर्णय लिने तयारी समेत भइरहेको छ । टिकट वितरणमा केन्द्रलाई जिम्मा दिने की जिल्ला तहमा नै छोड्ने भन्नेमा काँग्रेसको जारी केन्द्रीय समितिमा छलफल जारी छ ।   
 
यसरी उम्मेदवारका आकांक्षीहरुमा होड चलिरहेको बेला काठमाडौं महानगरपालिका वडा नं १ बाट तीन जना आकांक्षीहरुले नेपाली काँग्रेसबाट वडा अध्यक्षको लागि आकांक्षा देखाएका छन् । क्षेत्र नम्वर ४ काठमाडौं रहेको यस वडामा यसरी आकांक्षा देखाउनेहरुमा किरण रेग्मी, भोलानाथ थापा र राजकुमार क्षेष्ठ रहेका छन् ।
 
काठमाडौं महानगरपालिकाको वडा नं २ मा भने अमृत शम्शेर थापाको काँग्रेसबाट एकल उम्मेदवारी पर्ने सम्भावना रहेको छ । दोस्रा आकांक्षी अहिलेसम्म चर्चामा नरहेकोले उनको सम्भावना बढेको हो । 
 
उता, वडा नं १ मा तीनै जनाले उम्मेदवारीको आकांक्षा देखाउँदा वडा नं २ मा एक जना मात्रैले उम्मेदवारीको लागि आकांक्षा देखाएका छन् । वडा नं ३ मा राम केसी, राजेश अधिकारी र शैलजा शिलवालले वडा अध्यक्षमा दावेदारी राखेका छन् भने ४ नं मा अनिसराम भट्टराई, शम्भु अधिकारी र राम प्रसाद न्यौपानेको दाबेदारी रहेको छ । 
 
त्यस्तै, वडा नं ५ मा रमेश डंगोल र नरेश महर्जनले काँग्रेसको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् भने वडा नं ६ बाट भुवन लामा, जानुका क्षेष्ठ भण्डारी, दिवाकर न्यौपाने र देव बज्राचार्यको नाम वडा अध्यक्षको लागि चर्चामा छ । वडा नं ७ बाट विमल होडा, रमेश महर्जन, विनोदबाबु प्रधान र प्रवेश लामिछानेको नाम चर्चामा आईरहँदा वडा नं ८ बाट भने श्याम संगत, आशामान संगत र सुनिल बैद्यको नाम वडाध्यक्षको रुपमा चर्चामा छ । 
 
त्यस्तै, ९ नं वडामा भिमार्जुन आचार्य, बसन्त घिमिरे र सुभास लामिछाने, १० नं वडामा रामकुमार केशी, दीपेन्द्र क्षेष्ठ र शम्भु तामाङ, वडा नं ११ बाट हिरालाल तण्डुकार र भरत राजभण्डारीको नाम चर्चामा छ भने वडा नं १२ बाट बालकृष्ण महर्जन र शन्त महर्जनको नाम वडाध्यक्षको नाममा चर्चामा छ । 
 
काठमाडौं महानगरपालिकाको १३ नं वडाको अध्यक्षको रुपमा सुरेन्द्र मानन्धर र गोकर्ण मिश्रको नाम चर्चामा रहेका छन्। सुरेन्द्र लामोसमयदेखि पार्टीमा क्रियाशिल छन्। १४ नं वडामा महेश थापा, कुवेर खड्का, जनजाती संघका क्षेत्रीय सभापति भरत तण्डुकार, ट्रेड युनियनका नेता तथा कुमारी क्लवका अध्यक्ष मोहन बस्नेत र तरुण दलका निवर्तमान केन्द्रीय सदस्य दामोदर लम्सालको नाम चर्चामा छ । त्यस्तै १५ न‌ंमा राजु खरेल चर्चामा छन् ।
 
१६ नं वडामा मुकुन्द रिजाल, राजीव क्षेष्ठ, देवेन्द्र पाठक, शिव बोहोरा, घनस्याम पाण्डे र द्वारिका महर्जन चर्चामा छन् । १७ नं वडाबाट कुमार देव मानन्धर, रेडक्रस काठमाडौंमा सक्रिय नवीन मानन्धर चर्चामा छन् । १८ नं वडाबाट दिनेश पाण्डे, बद्रीराम मानन्धर र अमर श्रेष्ठ चर्चामा रहँदा १९नं वडाबाट शशीलाल श्रेष्ठ, राजेश श्रेष्ठ र साँस्कृतिक संघमा क्रियाशिल रमेश मुनिकार ले उम्मेदवारीको लागि दाबेदारी दिर्इरहेका छन्। २० न‌ं वडाबाट इकाइ सभापति राजेन्द्र मानन्धर, रोमेल श्रेष्ठ, प्रविण बहादुर श्रेष्ठ र गम्भीरमान महर्जनले वडा अध्यक्षमा उम्मेदवारी दिन लागेको चर्चा छ । 
 
देशको राजधानी समेत रहेको काठमाडौंको वडा अध्यक्षको लागि नै पनि धेरैले चासोका साथ हेरिरहेका छन् । काठमाडौं महानगरपालिका वडा नं २१मा पूर्व वडा अध्यक्ष महेन्द्रमानसिंह, वडा अध्यक्ष गोविन्द रञ्जीत, मधुसुधन प्रधान र पूर्ण श्रेष्ठ चर्चामा छन् । वडा नं २२ मा नरेन्द्र बहादुर श्रेष्ठ र रश्मीला मल्ल, वडा नं २३मा लक्ष्मण मानन्धर र नेविल मानन्धर, वडा नं २४मा विनोद राजभण्डारी, भगवान शाक्य, अजरमान मानन्धर चर्चामा छन् । समाजसेवी विकासभक्त श्रेष्ठ पनि वडा अध्यक्षमा चर्चामा साथै लोकप्रिय पनि छन्। २५ न‌ं वडामा प्रशान्त मास्के, वेदकृष्ण श्रेष्ठ, रमेश श्रेष्ठ र सुरेन्द्र बहादुर श्रेष्ठले दावेदारी दिर्इरहँदा वडा न‌ं २६मा अर्जुन सिंखडा, खेम तिवारी, वर्षाराम भण्डारीको नाम चर्चामा छ । 
 
त्यस्तै, कामपा वडा नं २७मा योगेश खड्गी र दिनेश श्रेष्ठ, २८ नं वडामा भाइराम खड्गी, होम प्रसाद खड्गी, दीपंकर प्रधान र गणेश बहादुर खड्गी चर्चामा रहँदा, २९ नं वडामा कुश ढकाल, राजु अर्याल, प्रभाकर पाण्डे, कल्याण पाण्डे, शान्ति पाण्डे, अम्बिका सुवेदी र शान्ता ढकाल चर्चामा छन् । वडा नं ३० मा भने समाजसे्वी तथा लोकप्रिय पुराना नेता दल बहादुर कार्की र अनुपम प्रधान चर्चामा छन् । ३१ नं मा उज्वल कोइराला, प्रकाश विक्रम राणा, सुमन श्रेष्ठ र सुरज लामिछानेले दाबेदारी दिईरहँदा कामपा वडा नं ३२ मा सुभास पराजुली, अर्जुन पराजुली र माधव पराजुलीको नाम चर्चामा रहेको छ ।
 
महानगरपालिमा उपमेयरमा काँग्रेसबाट लता घिमिरे, कल्याणी रिजाल, जीवन डंगोल, शान्ता ढकाल र अम्बिका सुवेदीको नाम चर्चमा छ भने मेयरमा तीर्थराम डंगोल, प्रगतिमान रञ्जित, नरोत्तम वैध र राजुराज जोशीको नाम चर्चामा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ