arrow

अष्ट्रेलिया बिरुद्धको टेष्ट श्रृखंलामा भारत बिजयी

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
Ind_Aus_test.jpeg
धर्मशाला, भारत। अष्ट्रेलिया बिरुद्धको चौथो तथा अन्तिम टेष्ट ८ विकेटले बिजयी हुँदै भारतले श्रृखमला २-१ले जितेको छ। यप श्रृखंला जितेसँगै भारतले बोर्डर-गावस्कर ट्रफी जितेको छ। 
 
पहिलो टेष्ट अष्ट्रेलियाले जितेको थियो भने दोस्रो टेष्टमा भारत बिजयी भएको थियो। त्यसैगरी तेस्रो टेष्ट बराबरीमा टुंगिएको थियो।
 
टस जितेर पहिले ब्याटीङ गरेको अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा ३०० रन बनाएको थियो। कप्तान स्टिव स्मिथले १११ रन बनाएका थिए भने म्याथ्यु वेडले ५७ रनको योगदान दिएका थिए। भारतकालागि पहिलो टेष्ट खेलिरहेका कुलदिप यादवले ४ विकेट लिएका थिए। 
 
जवाफमा भारतले आफ्नो पहिलो पारीमा ३३२ रन बनाएको थियो। भारतकालागि रविन्द्र जडेजाले ६३ तथा चेतेश?वर पुजाराले ५७ रनको योगदान गरेका थिए। अष्ट्रेलियाका नाथान ल्योनले ५ विकेट लिएका थिए। 
 
श्रृखंलामा राम्रो ब्याटीङ गरिरहेको अष्ट्रेलियाले अन्तिम टेष्टको दोस्रो पारीमा निराशाजनक ब्याटीङ गर्दै १३७ रनमा समेटिएको थियो। उसकालागि ग्लेन म्याक्सवेलले ४५ रन बानएका थिए। भारतकाालगि उमेश यादव, रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले ३-३ विकेट हात पारेका थिए। 
 
चौथो दिनमा जितकालागि १०६ रनको लक्ष्य भारतले २ विेकटको नोक्सानीमा २३.५ ओभरमा पुरा गर्दै श्रृखंला हात पारेको थियो। अष्ट्रेलियाकालागि प्याट कुमिन्सले १ विकेट लिएका थिए। 
 
खेलका प्लेयर अफ दि म्याच र सिरिज दुवै भारतका रविन्द्र जडेजा घोषित भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ