arrow

कडा सुरक्षा घेरा भित्र आरआर क्याम्पसको चुनाव, आन्दोलनकारीलाई 'डाँडा कटाईयो'

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
RR_campus_chait_15.jpeg
काठमाडौं । कडा सुरक्षाकाबीच काठमाडौंको भृकुटीमण्डपमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भईरहेको छ । अखिल क्रान्तिकारीको विरोधका बाबजूत प्रहरीको उच्च सुरक्षाकासाथ क्याम्पसमा निर्वाचन चलिरहेको छ । 
 
विहान ८ बजेदेखि निर्वाचन सुरु हुने भनिएको भएपनि ८ बज्ने वित्तिकै अखिल क्रान्तिकारीका विद्यार्थीहरुले प्रदर्शन सुरु गरेको थिए । अहिले प्रहरीले आन्दोलनकारीलाई भने डाँडा कटाईदिएको छ । प्रदर्शनककारीले अहिले पद्मोदय मोड, विश्वभाषा क्याम्पस र मोडल अस्पतालबाट भित्र छिर्न दिएका छैनन् । अहिले विश्वभाषा क्याम्पसतर्फ खासै तनाव छैन भने पद्मोदय मोड तर्फको स्थिती तनावग्रस्त छ । 
 
उता क्याम्पस मतदान भने जारी रहेको छ । आन्दोलनकारीले मतदान गर्न जानेलाई केही अवरोध भने गरेका छैनन् । उनीहरुले मतदान स्थगित गर्न आग्रह गरिरहेका छन् । अहिले उच्च संख्यामा प्रहरी परिचालन गरिएको छ । 
 
उता, केही विद्यार्थीहरुले पेट्रोल बम प्रहार गरिएको हल्ला चलाएपछि विद्यार्थीहरु भने त्रसित बनिरहेका छन् । तर, उच्च सुरक्षाकाबीच भईरहेको मतदानमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, क्रान्तिकारी लगायतले मतदानमा भाग लिएका छन् । अखिल क्रान्तिकारीले अहिले नो भोट भन्दै आफूहरुलाई कसैले पनि भोट नहाल्न आग्रह गरिरहेको छ । क्याम्पस स्तरीय नेताहरुले सोमबारदेखि नै आफूलाई भोट नहाल्न आग्रह गरिरहेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ