arrow

स्थानीय चुनावको लागि जाग्यो पर्वत काँग्रेस, चुनावी अभियान सुरु

logo
रामकृष्ण लामिछाने,
प्रकाशित २०७३ चैत १५ मंगलबार
parbat_congress.jpeg
पर्बत । करिव दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनको लागि लक्षित गरी नेपाली काँग्रेस पर्बतले चुनावी कार्यक्रम थालेको छ । मंगलबारदेखि पर्वत काँग्रेसले चुनावी प्रचारप्रसारको लागि विभिन्न भेला तथा औपचारिक कार्यक्रमहरु सुरु गरेको छ ।
 
मंगलबारको भेलामा पर्बत काँग्रेसका सभापति खीम प्रसाद भुषालले पर्बतमा कुनै हालतमा पार्टीले जित्ने दाबी गरे । काँग्रेस जनताको पार्टी भएको र गाउँ गाउँमा, मेलापातमा जनतासँगै हिँड्ने र मिल्ने पार्टी पनि काँग्रेस नै रहेको भन्दै सांकेतिक रुपमा भुषालले झिँगाले सराप्दैमा डिंगा नमर्ने उनको बुझाई छ ।
 
ठुलो दल भएकोले अन्य पार्टीले गाली गलौज गर्दैमा काँग्रेसलाई कुनै फरक नपर्ने उनको भनाई छ । कोट सभामा काँगे्रस जिल्ला सदस्य युक्त क्षेष्ठले आर्थिक वर्षमा पर्वत जिल्लाको लागि परेको विकास निर्माणका योजनाहरु बारेमा जानकारी दिएका थिए । ‘अब पर्बत काँग्रेस निर्वाचनमा केन्द्रंीत हुन्छ’ पर्बत काँग्रेसका सदस्य बसन्त सिकेले भने – ‘चुनावी अभियानमा जनता कुरा सुन्ने र पार्टीको तर्फबाट आफ्ना भनाई राख्ने काम हुनेछ ।’
 
पर्बत तरुण दलका अध्यक्ष तोरण मल्लको सक्रियतामा सम्पन्न ¥यालीमा हजारौ काँग्रेसका युवाहरुको उपस्थिती थियो । स्थानीय तहको चुनाव नजिकिएका बेला पर्वत सदरमुकाम कुश्मा बजारमा कांग्रेसले दुई पांग्रे तथा चार पांग्रे सवारीहरुलाई ¥यालीमा प्रयोग गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ