arrow

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा क-कसले बोले, कसले बोल्न बाँकी छ ?

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
congress-party-office.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ । पार्टी मुख्यालय सानेपामा बसीरहेको बैठकले केन्द्रीय कार्य सम्पादन समिति गठन गर्नै लगायतका महत्वपूर्ण निर्णय गरिसकेको छ । बैठकमा मंगलबार पनि केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ भने आईतबारदेखि सुरु भएको बैठकमा आईतबार र सोमबार समेत गर्दा दर्जनौं नेताहरुले आफ्नो धारणा राखिसकेका छन् ।
 
बैठकमा आईतबार मात्रै २८ जनाले आफ्नो धारणा व्यक्त गरेका छन् । यसरी बोल्नेमा प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, खुमबहादुर खड्का, डा। रामशरण महत, अर्जुननरसिंह के।सी।, नरहरि आचार्य, रमेश रिजाल, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडूले बोलेका थिए । त्यस्तै, आईतबार नै आफ्नो धारणा राख्नेहरुमा एन।पी। साउँद, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, डा। शेखर कोइराला, चन्द्र भण्डारी, अजयकुमार चौरसिया, महेन्द्र यादव, मीन विश्वकर्मा, जीवन परियार, सीता गुरुङ, श्यामकुमार घिमिरे, गुरूराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र बहादुर सिंह ९लामा० तामाङ रहेका छन् । 
 
त्यस्तै, सोमबारको बैठकमा पनि २५ जनाले आफ्नो धारणा राखेका थिए । यसरी आफ्नो धारणा राख्नेहरुमा अर्जुननरसिंह के।सी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, उमाकान्त चौधरी, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुंगाना, दिपक गिरी, नविन्द्रराज जोशी रहेका छन् । त्यस्तै, कमला पन्त, अम्बिका बस्नेत, धनराज गुरुङ, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, रत्न शेरचन, शंकर भण्डारी, ईश्वरी न्यौपाने, पार्वता डी।सी। चौधरी, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, विश्वप्रकाश शर्मा, रमेश लेखक र किरण यादवले आफ्नो धारणा राखेका छन्। 
 
त्यस्तै मंगलबारको बैठकमा युवा नेता गगन थापा लगायतका नेताले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । मंगलबार बाँकी रहेका केन्द्रीय सदस्यहरुको बोल्ने कार्यतालिका रहेको नेपाली काँग्रेसले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ